पुरुषव्दारा पुरुष बलात्कारः महिलाव्दारा जुत्ताको माला !

प्रेम सुनार, बुटवल २०७५ असोज ११ । देशैभर पुरुषद्धारा बालिका देखि बृद्ध महिला सम्म बलत्कारका घटना घटिरहेका बेला अब पुरुषव्दारा पुरुष नै बलात्कारको शिकार हुनु पर्ने अबस्था समेत आएको छ । अर्को पछि अर्को हुँदै यौन पिपासु पुरुषहरुको दवदवा बढ्दै जाँदा हेटौडाका एक पुरुष बलात्कारको शिकार हुनु परेको छ ।

३० बर्षिय एक सुस्त मनस्थितिका युवालाई हेटौडानगरपालिका – ८ कमाने गाउँका ६० बर्षिय केशव सिंखडाले मनकामना चोको बारीमा लगेर यौन दुब्यबहार गरेको आरोपमा उनलाई महिलाहरुले समातेर कालो मोसो र जुत्ताको मालाले स्वागत गर्दै प्रहरीलाई बुझाएका छन ।

सिंमखडालाई बुधबार ईलाका प्रहरी कार्यालय पशुपतिमा बुझाईएको थियो । पछि गाउँलेहरु बिच सहमति भई निजलाई छाडिएको त्यस ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनुपजंग रायमाझाीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *