ट्राफिक चेकजाँचमा कडाई : प्रहरी परिसरमा मोटरसाईकल र स्कूटरको थुप्रो !

कोपिला कंडेल, बागलुङ २०७५ असोज ११ । जिल्ला ट्राफिक कार्यालय बागलुङले केहि दिन देखी चाड पर्वमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि मापसे गरी, बिना ईजाजत (लाईसेन्स), बिना दर्ताका सवारी साधन चलाउने माथी चेकजाचमा कडाई गरेपछी जिल्ला प्रहरी कार्यालय परिसर ट्राफिक नियम विपरीत चलाईएका मोटरसाईकल स्कूटरहरुको थुप्रो देख्न सकिन्छ ।

बडादशै दिपावली र छटपर्वका अवसरमा हुन सक्ने सबैखाले दुर्घटनालाई रोक्नका लागि चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रनानि छब बहादुर घर्तीले ईबागलुङलाई जानकारी दिए ।

ट्राफिक कार्यालयको यस अभियानले लाईसेन्स र ब्लूबुक नभएका तथा चर्को ध्वनी प्रदुषण र तीब्रगतिमा सवारी हाक्ने सावरी चालकलाई ट्राफिक नियम अनुसार कारबाही गरिने प्रमुख घर्तीले बताए । बढ्दो सहरीकरण तथा सवारी साधनको बढ्दो चापले दुर्घटनाको जोखिम बढ्दै गएकोले चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना रोक्नका लागि सबै सचेत बन्नुपर्ने उनको भनाई थियो ।

यसैबिच चालु आर्थिक बर्षको दुई महिनामा जिल्ला ट्राफिक कार्यालय बागलुङ्गले ६ लाख ७२ हजार रुपयां राजस्व संकलन गरेको छ । नियम बिपरित संचालन भएका ट्रक बस कारजिप मोटरसाईकल स्कुटर लगायतका सवारी साधनबाट उक्त रकम संकलन गरिएको प्रहरीले जनाएको छ ।

तस्वीर- अर्जुन ढकाल बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *