अनेरास्ववियु (छैठौं)को २३ औं जिल्ला सम्मेलनको तयारी पुरा !

ताराप्रसाद शर्मा, बागलुङ २०७५ असोज १० । राष्ट्रिय जनमोर्चाको बिद्यार्थी मोर्चा अनेरास्ववियू (छैठौं) बागलुङको २३ औं जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । सर्वसुलभ जनवादी शिक्षाका लागि हाम्रो आन्दोलन सामाजिक न्याय र समान शिक्षाको पक्षमा २३ औ जिल्ला सम्मेलन भन्ने नाराका साथ यहि असोज ११ र १२ गते गल्कोटको काँडेवासमा हुन गैरहेको सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको हो ।

११ गते बिहान ११ बजेदेखि शुरु हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छैठौका अध्यक्ष शिव चालिसेले जानकारी दिए । जिल्लाका सवै स्थानिय निकायका बिद्यालयहरुमा संगठन बिस्तार, सदस्यता बितरण, प्रचारप्रसार, भेला सम्पन्न गरि जिल्ला सम्मेलनमा जुटेको चालिसेले बताए ।

जिल्लाका १० वटै नगर तथा गाउँपालिकाका, बिद्यालय, क्याम्पस इकाइवाट गरि ३ सय २५ जना प्रतिनिधि र प्रवेक्षक सहभागी हुने सम्मेलनको युनियनका केन्द्रिय महासचिव भिमलाल पोख्रेलले उद्घाटन गर्नुहुने उहाँले जानकारी दिए ।

रक्तिम साँस्कृतिक अभियानका कलकारहरुले बिभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत समेत गर्ने सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवँ जिल्ला समन्व्य समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, जिल्ला अध्यक्ष अमरबहादुर थापा लगाएतले सम्वोधन गर्नुहुने बताइएको छ ।
गल्कोट नगरपालिका ८ काडेवासको शिव माविमा हुने सम्मेलनले सम्मेलनले मुलतः बागलुङ जिल्लाको वामपन्थी विद्यार्थी आन्दोलनलाई दिशानिर्देश, नयाँ नेतृत्व चयन र कार्यक्रमको निर्धारण गर्ने बताइएको छ । ११ गते उद्घाटन शत्र र १२ गते बन्द शत्र संचालन हुने अध्यक्ष चालिसेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *