लोकमार्ग अवरुद्ध बनेको १३ दिन पछी भिङगिठे-बुर्तिवाङ बैकल्पिक सडक मार्ग सन्चालनमा !

दिनेश शर्मा, बागलुङ (भिङगिठे) २०७५ असोज १० । गत भदौ २९ गते राति तुरतुरे पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको पहिरो हटाउने प्रयास भैरहेको अवस्थामा आज साँझ ६ बजे देखी बडीगाड गाउपालिका ५ छिस बडीगाड खोलाको सिस्नेरी मोटरेबल पुल हुँदै बुर्तिवाङलाई सवारी साधानहरु छुटेका छन् ।

बडीगाड गाउपालिका वडा नं ९ का अध्यक्ष कृष्ण केसीले दिएको जानकारी अनुसार सवारी साधनहरु बडीगाड गाउपालिकाको सिस्नेरी, दर्लिङ खोला, निसीखोला गाउपालिकाको राजकुत, देविस्थान हुँदै ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारलाई ट्र्याक्टर र साना सवारी साधनहरु सन्चालनमा आएका छन् ।

वडाध्यक्ष केसीले ट्याक्टर र पिकअप जीपहरुले अतिआवश्यक बस्तु ग्याँस, देनिक उपभोग्य बस्तु लिएर बुर्तिवाङ गएकोे बताए । उनले बल्घास फेँदीको कालो पहिरो हटाउन स्वयं लागेको जानकारी दिँदै केहि दिन भित्रै ठुला सवारी साधनहरु समेत सन्चालनमा ल्याईने गरी सडक स्तरोन्नती भएको बताए ।

बैकल्पिक पैदलमार्गको खोजीमा प्रजिअ बेदप्रसाद खरेल, मधयपहाडी लोकमार्गका डिई रमेश दृष्टि सहितको टोली ।
उता ढोरपाटन नगरपालिका २ का वडाध्यक्ष युवराज महतले बुर्तिवाङबाट खाली ग्याँस सिलिण्डर लिएर भिङगिठेलाई छुटेको ट्याक्टर गन्तव्यमा पुगी सकेको जानकारी दिए ।

पहिरो गएर लोकमार्ग अवरुद्ध बनेपछी बैकल्पिक सडक र पैदलमार्ग समेतको बिकल्प नहुँदा यस क्षेत्रका जनताले सास्ती खेपी रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *