बुर्तिवाङ राईजिङ युवा क्लबको वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेलाको तयारी सुरु !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज १० । बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिवाङले आफ्नो क्लबको १६ औं बार्षिक उत्सब तथा कोजाग्रत पुर्णिमा कार्तिक ७ गतेदेखि सञ्चालन गर्ने तयारी सुरु गरेको आज बुर्तिबाङमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

क्लबका अध्यक्ष सोमबहादुर पौवीको अध्यक्ष्यतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबले एक हप्ते कार्यक्रम संचालन गर्ने गरी विभिन्न १६ वटा कार्यक्रम खेलाउने तयारी अगाडी बढाएको बताएको छ ।

पत्रकार सम्मेलनमा क्लब महासचिव गोपाल महतले प्रस्तुत गरेको विवरण अनुसार ३० लाख ५१ ह्जार ६ सय ६६ रुपैया बराबरको आम्दानी र खर्च अनुपातमा रहनेगरी कार्यक्रमलाई सम्पन्न गर्ने तयारी रहेकोछ ।

क्लबले आयोजना गरेका पुरुष भलिबल प्रतियोगिता अन्र्तगत रु ८८ हजार ८ सय ८८ राशीको प्रथम, रु ५५ हजार ५ सय ५५, राशीको दोश्रो र रु ३३ हजार ३ सय ३३ राशीका तृतिय पुरस्कार राखिएको छ ।

यसैगरी महिला भलिबल प्रतियोगिता तर्फ रु ४० हजार, २५ हजार र १५ हजार पुरस्कार राशि राखिएको छ भने, ३५ हजार, २० हजार र १० हजार राशिको सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिता, १५ हजार, ९ हजार र ६ हजार पुरस्कार राशिको लोकदोहरी गीत, प्रथम १० हजार व्दितिय ५ हजार र शान्त्वना १५÷१५ सय पुरस्कार राशिको साविकको पश्चिमाञ्चल स्तरीय मेन्स सिंगल, २५ हजार, १५ हजार र शान्तवना पुरस्कार ३÷३ हजार राशिको मेन्स डवल र क्रमश खसी, भाले र पोंथी पुरस्कार राशिको वि–डवल गु्रप लोकल व्याडमिन्टन प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।

त्यस्तै क्लबले दिएको जानकारी अनुसार २० हजार, १०हजार र ५ हजार प्रथम दिर्तिय र तिर्तिय पुरस्कार राशिको खुल्ला गु्रप डान्स, १५ हजार, ५ सय ५५, १० हजार ५ सय ५५ रुपैया प्रथम र दिर्तिय पुरस्कार राशिको पञ्चेवाजा प्रतियोगिता, सहित खुल्ला सिंगल डान्स, रस्सा कस्सा, स्लो वाईक रेश , पुरुष महिला छेलो, कृषि प्रर्दशनी, ५० बर्ष माथिका नागरीकका लागि म्युजिकल चियर प्रतियोगिता, सरांय नाच, झांकि प्रर्दशनी, हाजिर जवाफ प्रतियोगिताको आयोजना गरीएको छ ।

कार्यक्रमममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै क्लबका अध्यक्ष सोम पौवीले आफुहरुले आर्थिक व्यवस्थापनका निम्ती स्थानिय तह संगै व्यवसायी,बुद्धिजिवी, समाजसेवी व्यातिmत्वहरु संग चन्दा स्वरुप आर्थिक संकलन अभियानलाई अगाडी बढाउने र स्वदेश विदेशमा रहेका खेल प्रेमी, सहयोगी महानुभावहरुलाईसमेत सहयोगका लागि आब्ह्वान गर्ने बताए ।

पश्चिम बागलुङकै चर्चित र बढि महत्वका साथ हेरिने बुर्तिबाङ राईजिङ युवा क्लबले विगतमा गरेका कमि कमजोरीलाई स्विकार गर्दे यस बर्ष सबैको साथ र सहयोग लिएर सभ्य र भव्य रुपमा कार्यक्रम गर्ने लक्ष्यका साथ आफुहरु जुटिरहेको क्लब अध्यक्ष पौवीले ईबागलुङलाई बताए । कार्यक्रमको सञ्चालन महासचिव गोपाल महतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *