१३ बर्षिय बालकको शव रुखमा झुण्डिएको अवस्थामा फेला

बुर्तिवाङ २०७५ असोज १० । तमानखोला गांउपालिकामा गए राति एक बालकले रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । तमानखोला गांउपालिका वडा नं १ बोङगादोभान भालिवाङ स्थित भिमलाल रोकाका १३ बर्षिय छोरा तेजिन्द्र रोकाले आफुले लगाएको टिर्सटको सहायताले रुखमा झुण्डिएको अवस्थामा उनको मृत शरीर फेलापरेको स्थानीयले बताएका छन् ।

म्याग्दी देखि आफनो घरमा आएका मावलतर्फका हजुर बाबा–आमालाई घर फर्कने क्रममा केहि परसम्म पुर्याएर खरबारीमा घांस काटी फर्कन्छु भनी हंसिया लिएर हिंडेका रोका रातको ११.३० बजेको समयमा घर फिर्ता नहुंदा खोज्ने क्रममा स्थानिय उठवीर बिकले बालक रुखमा झुण्डिएको अवस्थामा फेला परेको भनी प्रहरीमा खवर गरेका थिए ।

घटना थाहा पाए लगत्तै प्रहरी टोलीले घटनाको अनुसन्धान गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट मार्टम गरिएको र बालकले के कति कारणले आत्महत्या गरेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादबले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *