तुरतुरेमा पहिरो खसेर डोजर पुरिदा दुई जना सामान्य घाईते !

दिनेश शर्मा, बागलुङ २०७५ असोज ९ । तुरतुरेको पहिरो पन्छाउने क्रममा केहि समय अघि माथीबाट पहिरो खसी डोजरको केहि भाग पुरिएको र त्यस्का दुई चालकहरुलाई सामान्य चोट लागेको छ ।

अस्ति आईतवार देखी पहिरोको भिङगिठे साइडको पहिरो हटाई रहेको डोजरले हिँजो दिनभरमा ५ मिटर पहिरो सफा गरेको थियो ।

आज दिउसौ पहिरो पन्छाई रहेको अवस्था माथी बाट माटो डुंगा खसी डोजरको सिसा फुटेको र डोजर भित्ररहेका चालकहरु हेटौडाका अमित घलान र धादिङका नारायण गिरीलाई सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाईते दुबै जनाको दाहिने पाखुरामा चोट लागेकोले खार बजार स्थित बडीगाड हस्पिटल प्रालिमा लगिएको भिङगिठे ईलाका प्रहरी कायालयका प्रमुख प्रनानि भोजबहादुर बानियाँले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *