नमुना विद्यालयको नमुना काम : त्रिभुवन माबि खर्वाङव्दारा स्कूल बस सन्चालन !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७५ असोज ९ । बागलुङ जिल्लामै पहिलो पटक एक सामुदायिक विद्यालयले विद्यार्थीहरुको सुविधाका लागी स्कूल बस सन्चालनमा ल्याएको छ । बडीगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले विद्यार्थी सुविधाको लागि वस संचालन गरेको हो ।

मध्यपहाडी लोकमार्गको विस्तार र विकास सँगै विद्यार्थीको सुरक्षा चुनौती वढेको र टाढाका विद्यार्थीहरुलाई मध्येनजर गरेर वस संचालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिए । नमुना विद्यालयमा छनौट भई कार्यक्रम संचालन भैरहेको विद्यालयमा वस सेवा समेत सुरु भएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् । नेपाल सरकारको भन्सार छुट तथा विद्यालयको आन्तरीक श्रोत वाट वस खरिद गरेको विद्यालयले जनाएको छ । स्कूल बस सेवा सन्चालनमा ल्याईएपछी टाढाटाढाबाट पढन आउन जान विद्यार्थीहरुलाई सुविधा मिलेको अभिभावकहरुले बताएका छन् ।

निजी बिद्यालयहरुले विद्यार्थीहरुलाई बिद्यालय ल्याउन र लैजानका लागि स्कूल बसको सुविधा उपलव्ध गराई रहेको अवस्थामा खर्वाङ स्थित त्रिभुवन मावि (सामुदायिक विद्यालय)ले जिल्लामा पहिलो पटक स्कुल बस सेवा सन्चालनमा ल्याएर अनुकरणीय उदाहरण प्रस्तुत गरेको विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *