सडक विभागको प्राविधिक टोलीव्दारा तुरतुरे पहिरो अवलोकन : १५ दिनमै ट्र्याक खोल्ने दाबी

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज ८ । तुरतुरे देउरालीको पहिरोले अवरुद्ध बनेको मध्य पहाडी लोकमार्गको ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानाको करीव ३ सय ३० मिटर सडक खण्डको आज सोमबार सडक विभाग र मध्यपहाडी लोकमार्ग आयोजनाको टोलीव्दारा बस्तुगत अध्ययन गरेको छ ।

सडक विभागका उपमहानिर्दशक मुक्ति गौतम, क्षेत्रिय सडक निर्देशनालय पोखराका क्षेत्रिय निर्दशक दिपक श्रेष्ठ, मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन ईन्जिनीयरहरु शुभराज न्यौपाने, रमेश दृष्टि, जयराम यादव , मध्यपहाडी आयोजनाका मेकानिकल डिभिजन ईन्जिनियर महेश कुमार ईसार लगाएतको टोलीले पहिरो क्षेत्रको बस्तुगत अध्ययन गरेको हो ।

अवरुद्ध सडकको अध्ययन पछी टोलीले भोलि मंगलबार देखिनै पहिरोको दुवै किनारबाट दुई/दुई गरी चारवटा डोजरको पहिरो पन्छाउन सुरु गर्ने जानकारी दिँदै टोली फर्किएको छ ।

हिँजो आईतबार ४ बजे देखिनै मध्यपहाडी लोकमार्ग आयोजनाको डोजर भिङगिठे तर्फको भागबाट सडक खुलाउन प्रयोग गरिएको भएपनि १४० हर्स पावरको सानो डोजर भएकोले पहिरोको दुबै किनारबाट काम सुरु नगरे अवरुद्ध सडकको पहिरो हटाउन महिनौ लाग्ने भन्दै स्थानियको आक्रोस पछि दुवै तर्फबाट सडक खुलाउन भोलि देखिनै काम सुरु गरिने श्रोतको दाबी छ । हिँजो देखी पहिरो हटाउन सुरु गरिएपनि आज साँझ सम्म जम्मा ५ मिटेर मात्रै ढुंगा पन्छाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भोलि देखिनै पहिरो हटाएर सडक खुलाउनका निम्ती काम सुरु हुनेगरी बुर्तिबाङ क्षेत्रबाट अदै कन्ट्रक्शनका दुई डोजर र भिङगिठे क्षेत्रबाट मध्यपहाडी लोकमार्ग आयोजनाका दुई गरी चारवटा डोजरको सहायताले पहिर्रा खुलाई सडकको ट्रयाक दशैको घटस्थापना सम्म जसरी पनी खुलाउने गरी काम हुने सडक विभागका उपमहानिर्दक मुतिm गौतमले ईबागलुङलाई बताए ।

काम जोखिम पूर्ण रहेपनी जनताको निम्ती महत्वपूर्ण सडक भएका कारण जसरी पनी काम चांडै सक्ने गरी आफुहरुले काम अगाडी बढाउने निर्णय भएको उनले बताए ।

क्षेत्रिय सडक निर्दशनालय पोखराका क्षेत्रिय निर्दशक दिपक श्रेष्ठका अनुसार हामीले भोलि देखिनै काम थाल्छौं यहांका जनतालाई दुख भईरहेको छ हामीले पनि महसूस गरेका छौं । त्यसैले दुई डोजर भाडामा लिएर प्रयोग गर्न सम्झौता वमोजिम जिम्मा दिईसकिएको र दुईवटा डोजर मध्यपहाडी लोकमार्ग आयोजनाको प्रयोग गरी सडक ट्रयाक खुलाउने कार्य सुरु गर्ने र उतm अवस्थामा आवश्यक वम डिस्पोजलका लागि नेपाली सेनालाई र अचानक हुने विपदमा जिल्ला विपद व्यवस्थापन समिती बागलुङमा समन्वय गर्ने लिखित निर्णय गरिएको बताए ।

उतm बस्तुगत तथा स्थलगत अवलोकनमा टोलीसंगै ढोरपाटन नगरपालिकाकी नगर उपप्रमुख कर्मती पुन, नेपाली कांग्रेस क्षेत्रिय सभापती दोर्णकुमार कुवंर, नेकपाका नेता तुल्सिराम अर्याल, टंकप्रसाद पौडेल, ढोरपाटन नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत धनप्रसाद पोख्रेल, बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायि समितीका महासचिव नरहरी भुषाल, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, चेम्बर अफ कर्मस ढोरपाटन नगर संयोजक दिपक अदै लगाएतको टोलीले सवै बस्तु स्थितीको बारेमा अवगत गराउंदै पहिरो गएको १५ दिन बितिसक्न लाग्दा समेत यहांका जनताले आश्वासन मात्र पाएको तर काम हुन नसकेको तीव्र जनगुनासो आईरहेको बताउंदै जसरी पनी चांडो काम सक्ने गरी सडक खुलाउने अभियानमा जुट्न ताकेता गरिएको थियो । सहभागीहरुले सडक खुलाउन स्थानिय स्तरबाट आफुहरुले समन्वय गर्ने ठांउमा पुर्ण सहयोग हुने बताउंदै आयोजनाले काम सम्पादनमा ढिला गर्न नहुनेमा जोड दिईएको थियो ।

सवारीका साधन चढेर बिभिन्न स्थानमा पुग्नुपर्ने अवस्थामा करिब ३ घण्टा पैदल हिंडेर मात्र सवारी प्रयोग गर्नुपर्ने बाध्यता संगै बजारमा खाध्यान्न सामाग्री,तरकारी फलफुल, निर्माण सामाग्री तथा ग्यास, कुखुराका लागि दाना लगाएतका अत्यावश्यकीय सामानको हाहाकार भएको छ । बजारमा खानापकाउने ग्यास, पेट्रोल, डिजल अभाव छ । विभिन्न बस्तुहरुको मुल्य बृद्धि भएर कालोबजारी सुरु भईसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *