कार्यलय प्रमुखहरु एवं पत्रकारवीच अन्तरक्रिया सम्पन्न : तीन जना पत्रकार सम्मानित !

बागलुङ २०७५ असोज ८ । जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार जिल्ला सरकारी कार्यालय, सार्वजनिक संस्थाका प्रमुख तथा सूचना अधिकारी एवं पत्रकारहरुवीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख र तथा सूचना अधिकारीहरुले गत भदौ महिनामा सम्पन्न गरिएका सेवा प्रवाह एवं समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु प्रकाश बराल, कमल पौडेल, कोपिला कँडेल, फोटोग्राफर मन्जूल शाक्य लगायतले विभिन्न कार्यालयहरुबाट सम्पादन गरिएका कार्यहरु बारे जिज्ञासाहरु राखेका थिए ।

सोहि कार्यक्रममा प्रजिअ खरेलले लैँंगिक हिँशा विरुद्ध सशक्त कलम चलाएको भन्दै पत्रकार कोपिला कँडेल, विपद व्यवस्थापनका सम्वन्धमा सहयोग पुराएकोमा पत्रकार महासंघका उपाध्यक्ष नरेश कँडेल, रेडियो सारथीका कमल पौडेललाई खादा र टीका लगाई सम्मानित गरेका थिए भने जलश्रोत सिँचाई डिभिजन प्रमुख खगेन्द्र भट्टचनलाई राष्ट्रपतिव्दारा विभुषण प्राप्त भएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य डिभिजन प्रमुख खगेन्द्र भट्टचन र कार्यक्रम सन्चालन प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले गरेका थिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *