रु ४ लाखको लागतमा लहरेपिपलमा खेलकुद मैदान निमार्ण

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ असोज ८ । बागलुङ नगरपालिका ६ लहरेपीपलमा खेलकुद मैदान निमार्ण भएको छ । बानपा ६ को ४ लाख रुपैया नगद सहयोगमा लहरेपिपल माध्यमिक विद्यालय परिसरमा विद्यालयको भौतिक पूर्वाधार सुधारसंगै खेलमैदान निमार्ण गरिएको हो ।

खेल मैदानको अभावमा यहा“का खेलाडीहरुले विद्यालयको खेल मैदान उपयोग गर्नु पर्ने बाध्यता रहेको थियो । खेल मैदानको निमार्ण भएसगैे भलिवल लगाएतका खेल खेल्नको लागि टाढा टाढा जानु पर्ने अवस्थाको अन्त्य भएको खेलाडीहरुले बताएका छन ।

स्थानिय युवा खेलाडीको माग अनुसार सार्वजनिक जमिन सम्याएर करिव ८० मिटर लम्वाई तथा १५ मिटर चौडाई भएको खेलकुद मैदान निमाणर््ँ गरिएको वडा अध्यक्ष खिमराज सापकोटाले बताए । खेलकुद मैदान निमार्ण भएसगै युवाहरुको फुर्सदिलो समयको सहि सदुपयोग हुने उनको विश्वास थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *