सप्तरी गोली काण्डपछी मधेश तात्यो, व्यापक तोडफोड र आगजनी, चैत २८ गते नेपाल बन्द !

काठमाडौं, २०७३ फगुन २४ । हिँजोको सप्तरी गोली काण्डपछी मधेश तातेको छ । मधेशी मोर्चाको आव्हानमा आज भएको सप्तरी लगायत मधेश वन्दका कारण जनजीवन प्रभावित बनेको छ । आज सप्तरीको शान्ति समितिको कार्यालयमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन भने राष्ट्रिय वाणिज्य बैँकको कार्यालय तोडफोड गरेका छन् । राजविराज तनावग्रस्त बनेको छ । आगजनी र तोडफोडका घटनाहरु थामिएका छैनन् ।

यसैवीच संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आजै बसेको संघीय गठबन्धनको बैठकले सप्तरी घटनाको विरोध स्वरुप चैत २७ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको छ । बैठक पछी सार्वजनिक गरिएको विरोधका कार्यक्रममा चैत २६ गते ७५ जिल्लाकै सदुरमकाममा विरोध प्रदर्शन र सभा गर्ने, पनि जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. sonu

    News ko heading ma kehi lekhnu vakoxa ra newspaper ma kehi lekhnu vakoxa sampadak jyu ali padhera ta parakasan garnu

Leave a Reply

Your email address will not be published. Required fields are marked *