देशभर हत्या, हिँशा, बलात्कार, मुल्य बृद्धि कर बृद्धि विरुद्ध नेबिसंघको चक्काजाम !

बागलुङ, २०७५ असोज ८ । नेपाल विद्यार्थी संघ बागलुङले सरकारका क्रियाकलापहरुको विरुद्ध सोमवार बागलुङ बजारमा एक घण्टा चक्काजाम गरेको छ । विहान ९ देखि १० बजेसम्म धौलागिरी चोकमा संघले सरकारका विरुद्धमा नाराबाजीगर्दै चक्काजाम गरेको हो ।

संघको केन्द्रिय कार्यक्रम अनुसार पछिल्लो समयमा देशभर भईरहेका हत्या, हिंसा, बलात्कार, मुल्यबृद्धि, कर बृद्धि जस्ता विषयहरुलाई लिएर सोमवार देशभर १ घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको थियो ।

कार्यक्रममा सरकारका विरुद्धमा विद्याीर्थहरुले मुल्य बृद्धि फिर्ता गर, हत्यारालाई कार्वाही गर, विधिको शासन कायम गर, के.पी सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद जस्ता चर्को नारावाजी गरेका थिए ।

कार्यक्रमको समापनका क्रममा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन बागलुङका सभापती मनीष थापा, नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेल र नेवि संघ धौलागिरी बहुमुखी क्याम्पस ईकाई अध्यक्ष दिनेश पन्तले दुई तिहाईको सरकाबाट जनताले गरेको आसालाई सरकारले निरासामा बदल दिएको आरोप लगाएका थिए । उनीहरुले सरकारलेनै बलात्कारी र हत्याराहरुलाई संरक्षण दिईराखेकाले यस्ता गलत क्रियाकलापहरुलाई सच्याई दोषीलाई यथासक्य कार्वाही गर्नुपर्ने माग राखेका थिए । सरकारले चाडपर्वको समयमाआएर पेट्रोलियम पदार्थ, यातायात र खाद्य सामाग्रीहरुमा मुल्य बृद्धि गरी गरिव जनताको ढाड सेक्ने कार्य गरेको आरोप समेत लगाएका थिए ।

यस अघि पनी नेविसंघ बागलुङले बलात्कार, हत्या हिंसा, मुल्यबृद्धि लगाएतका मुद्दाहरु उठाई सरकाका विरुद्धमा शान्तिपूर्ण विरोध गर्दै आएको थियो ।

संगठनले आफुले उठाएका मागहरु आमजनताका माग भएकाले मागप्रती सरकार गम्भीर हुनुपर्ने बताउदै माग पुरा नगरे थप कडा आन्दोलनगर्ने चेतावनी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *