पानको पात …पछि अर्को गीत, सालको पात…. चर्चामा !

प्रेम सुनार, गुल्मी २०७५ असोज ८ । वरिष्ठ लोक गायक वमबहादुर कार्कीले गाएको ‘ पानको पात ’ बोलको गीत अहिले सम्म चर्चित छ । त्यस्तै हालै बजारमा आएको ‘सालको पात ’ बोलको गीतले पनि कार्कीको पानको पात झै कालजयी यात्रामा लम्कीने देखिएको छ । साङ्गेतिक क्षेत्रका तिन हँस्ती बसन्त थापा, कुलेन्द्र बिश्वकर्मा र विष्णु माझीको त्रिकोणात्मक संयोजनमा हालै बजारमा ल्याईएको उक्त गीतको शव्द संगित मात्रै ठेट छैन म्युजिक भिडियोका अभिनेता अभिनेत्रीहरुको भेष भुषा र लवाज समेत एकदमै गाउँवासी रहेको छ ।

‘सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको’ माया पिरतिमा देखिने घात प्रतिघात र अबिश्वासलाई हटाएर आपसी बिश्वासमा अघि बढ्नुपर्ने मुख्य सन्देश गीतमा समावेश गरिएको शब्द सर्जक नवराज पन्तले बताए । यो नयाँ गीत र म्युजिक भिडियोले श्रोता दर्शकको अपार माया र सद्भाव प्राप्त हुने गसंगीतकार एवं चर्चित गायक बसन्त थापालले बिश्वास लिएका छन । ‘ ‘यो गीत र म्युजिक भिडियो धेरै ठुलो मेहनत र परिश्रमका बिच तयार गरेका हौ,’ थापाले भने, ‘बिगतका हाम्रा सिर्जनाहरुलाई जस्तै यसबाट अझ बढी अपेक्षा गरेका छौ, शुरुवाति प्रतिक्रियाले पनि हामी उत्साहित भएका छौ ।’

निकै अनुभवी एरेण्जर आशिष अविरलले संगीत संयोजना गरेको गितको म्यजिक भिडियोमा मोडेल मरिस्का पोखरेल सहित गायक कुलेन्द्र बिश्वकर्मा र बसन्त थापाले अभिनय गरेका छन् । शिव बिकको निर्देशन भएको उक्त गितको भिडियो छांयाकन ज्ञानेन्द्र शर्मा र सम्पादन निशान घिमिरेले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *