आजको तस्वीर : अन्तर्राष्ट्रिय बहिरा साँकेतिक दिवसमा दीप प्रज्ज्वलन ।

अर्जुन ढकाल, बागलुङ २०७५ असोज ७ । अन्तर्राष्ट्रिय बहिरा सााकेतिक भाषा दिवस एवं अन्तर्राष्ट्रिय बहिरा सप्ताह २०१८ अन्तर्गत आईतवार साँझमा बागलुङ नगरपालिका २ लोकतान्त्रिक चोकमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी एवं प्रजिअ बेदप्रसाद खरेल, बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल, समाजसेवी के वी रानामगर लगायत बहिरा विद्यालया.का विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो ।

स्मरणीयछ, आज विहान सांकेतिक भाषाका साथ सबैजनाको समावेशीकरणू मूल नारा सहित अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह तथा १८ औं वार्षिक साधारण सभाको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *