ढोरपाटन नगरपालिकाव्दारा ५ जना नगर प्रहरी भर्ना !

सुमन सुनार, बुर्तिबाङ २०७५ असोज ७ । ढोरपाटन नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को ब्यवस्था अनुसार नगरपालिकाको आफ्नै मातहतमा रहने गरी ५ जना नगर प्रहरी भर्ना गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए । नगरको रेखदेखका लागि खुल्ला प्रतिस्पर्धाबाट भर्ना गरिएको उनले बताए ।

१ जना नगर प्रहरी सहायक निरीक्षक र २÷२ जना पुरुष÷महिला नगर प्रहरी जवान गरी जम्मा ५ जना नगर प्रहरीको आवेदन खुल्ला गरिएको थियो । नगर प्रहरी सहायक निरीक्षकका लागी ५ जना र नगर प्रहरी जवानका लागी ४० जना गरी ४५ जनाले आवेदन दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार, नगर प्रहरी छनौटका लागि गत सोमबार र शुक्रबार शारीरिक परिक्षण, लिखित र अन्तरर्वाता गरी तिन किसिमको परीक्षा लिइएको थियो । जस अन्तर्गत पहिलो चरणमा भएको शारीरिक परिक्षण परीक्षामा ३४ जनाले भाग लिएको र उक्त परीक्षाबाट लिखित परीक्षाका लागी २५ जना छनौट भएका थिए ।

दोस्रो चरणमा भएको लिखित परीक्षाबाट १४ जना अन्तरर्वाताका लागी छनौट भएका थिए । त्यसैगरी तेस्रो तथा अन्तिम चरणमा भएको अन्तरर्वाता परीक्षाबाट १ जना निरिक्षक, २/२ जना पुरुष÷महिला जवान गरी ५ जनालाई नगर प्रहरीमा छनौट गरिएको अधिकृत पोखरेलको भनाई छ । आज प्रकाशित नतिजा अनुसार प्रहरी सहायक निरीक्षकमा चामोहन विश्वकर्मा छनौट भएका छन् । त्यस्तै प्रहरी जवानका लागी पुरुष तर्फ कृष्ण बहादुर घर्ति मगर र खिम बहादुर विश्वकर्मा छनौट हुनुभएको छ भने महिला तर्फ सीता विश्वकर्मा र भिम कुमारी कुमाल छनौट भएका छन् ।

छनौट भएका नगर प्रहरीहरुलाई आवश्यक प्रशिक्षण पछि मात्रै नगरभित्र परिचालन गरिने ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले बताए । नगर प्रहरीले फुट्पाटमा राखिएका पसलहरुको ब्यवस्थापन, नगरभित्र रहेका पसल दर्ता भएको छ वा छै्रन हेर्ने लगाएतका काम रहने उहाँले बताउनुभयो । नगर प्रमुख नेपालीका अनुसार विशेष नगरपालिकाको निति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयनको भुमीका रहेन भन्दै नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने दायित्व समेत नगर प्रहरीको रहने बताए ।

यस्तै नगरप्रहरीले बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेको मिलापत्र तथा निर्णयको कार्यन्वयन, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनःस्थापना, जथाभावी विज्ञापन तथा होडिङ्ग बोड राख्न नदिने, छाडा पशु चौपायाको नियन्त्रण गर्ने, सार्वजानिक सम्पत्तिको अतिक्रमणमा रोकथाम गर्ने लगाएतका कामहरुको जिम्मेवारी नगर प्रहरीमा रहेको नगर प्रमुख नेपालीले बताए । नगर प्रहरीले रातको समयमा पनि नगरपालिकाको सुरक्षाका लागि खटिरहने र पालै पालो आफ्नो कतव्र्य पुरा गर्ने नगर प्रमुख नेपालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *