अध्यक्ष गिरीको ५१ औ जन्मदिनमा सरसफाई सामग्री वितरण !

निर्मल पौडेल पर्वत, २०७५ असोज ७ । शिवालय मावि कुस्माका विधालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले आफ्नो शुभ जन्मोत्सवको अवसरमा विधार्थीहरुलाई सरसफाईका सामाग्रीहरु वितरण गरेका छन् । आईतवार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गिरीले कक्षा ५ मा अध्ययनरत सम्पुर्ण विधाथीहरुलाई सरसफाईका सामानहरु वितरण गरेका हुन ।

विभिन्न व्याक्तित्वहरुले जन्मोत्सवमा फजुल खर्च गरेर मनाईरहेको यो परिवेशमा गिरीले जन्मदिनमा पार्टी र भोजमा गरिने खर्चले सरसफाईका सामाग्री किनेर विधार्थीहरुलाई वितरण गरेका हुन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी विधालयका संस्थापक अध्यक्ष तोयानाथ चालिसेले गिरीलाई शुभ जन्मदिनको शुभकामना दिँदै जन्मोत्सवको अवसरमा गरिने खर्च वापतको रकमले विधालय जस्तो पवित्र मन्दिरमा विधार्थीहरुलाई सरसफाईका सामाग्री वितरण गरिएको कार्य निकै सह्रानिय भएको वताए ।

कार्यक्रममा पर्वत उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने शंकर गिरी, प्राचार्य भुपेन्द्र चापागाई लगायतले मन्तव्य राखेका िथए ।

विधालयका प्राचार्य भुपेन्द्र चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिवालय वहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्मा र सञ्चालन शिक्षक लेखनाथ उपाध्यायले गरेका थिए । सोहि अवसरमा गिरीले लायन्स क्लव अफ गुप्तेश्वर लाई नगद रु ५ हजार समेत सहयोग गरेका थिए । कार्यक्रममा विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक विधार्थीहरु, गिरीकी धर्मपत्नी माया गिरी लगायत विभिन्न व्यात्तिहरुको उपस्थिती रहेको थियो ।

५१ औ जन्मदिनको अबशरमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *