उति बेलाको बटौली र खसौलीको ब्यापार : अझै बेच्दैछन् पाको मान्छे–काँचो कपडा !

प्रेम सुनार, बुटवल २०७५ असोज ७ । नेपाली बजारमा नुन–चामल र कपडाको भारी बोक्ने भरियाको कथा अहिले एउटा उहिले उहिलेको कथा जस्तै बनेको छ । गाडी चल्ने बाटो खुल्यो कि ब्यापार ठप्प भयो भन्थे एकथरी ब्यवसायीहरु भने ती भरियाहरुले पनि आफ्नो रोजीरोटी खोसिएको महशुस गर्थे ।

पश्चिम नेपाललाई सदियौ देखि थेक्ने बजार भने कै अहिलेको प्रदेश ५ को अस्थाई राजधानी बुटवल, उहिलेको बटौली र खसौली बजार थियो र अहिले पनि छ । यो बजारमा अरु थुप्रै ब्यापारहरु एक पछि अर्को हुँदै मौलाउँदै आएका छन । तर, घर गाउँमा काँचो कपडा भनेर चिनने सिलाउने कपडाको ब्यापारीहरु भने चौपड भएका छन र धेरैले त्यसबाट विस्थापित भई अन्य पेशा समाउन बाध्य भएका छन ।

उति बेला गाउँ गाउँमा उधारो दिने चलन थियो । कैयौ कपडा ब्यवसायीहरुको लाखौ उधारो रकम उठ्न तब देखि छाड्यो जब गाउँ गाउँमा गाडी पुग्यो र रेडिमेड कपडाको फेशन आयो । यति बेला अर्थात तिज देखि दशै तिहार सम्म उति बेलाका कपडा ब्यवसायीहरुलाई रातमा सुत्नु र दिनमा खाने फुर्सद थिएन ।

उनिहरु संगै कपडा सिलाउने पेशाका मानिसहरुको ब्यस्तता पनि उस्तै थियो । अहिले प्राय अधिकांस काँचो कपडा मात्रै भएका पसलहरुमा बुढापाकाहरु नाप्ने फिता र कैची समाएर बसेको देखिन्छ । फेन्सी पसल र साडी लगायतका स्वरुमहरुमा युवाहरु भेटिन्छन । उक्त ब्यावसाय बुढापाकाहरुले मात्रै देखि रहेको अवस्थामा उनिहरुको शेखा पछि सिमित काँचो कपडा सिमित फेन्सी पसलमा मात्रै पाउने देखिन्छ ।
तत्कालीन बटौली र खसौलीको कथा

बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा वुटवलका पुराना कपडा ब्यवसायी जिवनप्रसाद ओझा भन्छन–‘ २०२५ साल अघि सम्म मेरा बुवाले कपडा बेच्नु हुन्थ्यो । त्यस यता मैले बेच्दै आएको छु । म संगै तत्कालिन वारी खसौली र तिनाउ पारी बटौलीका पुराना कपडा ब्यापारीहरुमा कर्णकुमार हेजु, महेशप्रसाद श्रेष्ठ, महेशकुमार राज भण्डारी, लगायतत थियौं ।

यो सिजनमा त हामीलाई भ्याई नभ्याई हुन्थ्यो । उता बाग्लुङ्ग, पर्वत स्याङ्गजा , पाल्पाको थोक ब्यापारिहरु भरिया र खच्डड लिएर नुन तेल , चमल र कपडा किन्न आउथे । यता रुकुम रोल्पाका ब्यापारिहरु पनि त्यसरी नै भिड लाग्थे ।

यताबाट भालुबाङ्ग सम्म लैजाने र त्यहाँबाट भरिया र खच्चडबाट कपडा र नुन चामल बोकाएर दाङ्ग, प्युठन, रुकुम रोल्पा सम्म लैजाने गरिन्थ्यो । तिजमा महिलाहरु अहिलेका सिंगापुरे साडी जस्तै महँगा खद्दरको साडी छान्न आउँथे । निकै चलेको थियो । मखमल, पिलाँसको चोलो पनि संगै किन्थे ।

पसलमा कपडा चेत्नको भ्याई नभ्याईको त्यो अवस्था अहिले ईतिहास जस्तै बनेको छ । अहिलेका कपडा पसलमा बाहिर रेडिमेड कपडा नझुण्डाए ग्राहक नपस्ने अवस्था छ ।’

उनका अनुसार बिक्रम सम्वत १९०० को सताब्दी अघि देखि २०३६ ÷०३७ साल सम्म तत्कालिन बटौली र खसौलीको त्यो ब्यापार चलिनै रहेको थियो । त्यस यता शिद्धार्थ राजमार्ग खुल्यो र पाल्पा सम्म गाडी चल्यो । २०३७÷०३८ सालमा पाल्पाबाट रिडी सम्म मोटरबाटो खुल्यो । त्यस बेला सम्म पाल्पा र रिडीको ब्यापार बढ्यो । २०३९ साल तिर तम्घास सम्म मोटरबाटो खुल्यो त्यस पछि ब्यापारमा बिकेन्द्रिकरण भयो ।
उता भालुबाङ्गबाट पनि त्यसरी नै विकेन्द्रिकरण हुँदै गएको हो । उनका अनुसार २००७ साल अघि सम्मका पुरना ब्यापारीहरुमा रुद्रविलास तिलाचन, द्रोणराज जोसी, सानुकाजी श्रेष्ठ, भारतिय नागरिक रामवकस लगायत बटौली खौसौलीमा कहलाएका कपडा ब्यापारि थिए ।

कपडा ब्यवसाय खत्तम भोः वजिमियाँ

उनै पुराना मध्येका जिवित साँझी एक हुन रामबहादुर वजिमियाँ । बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका उनि २०१९ साल देखि कपडा ब्यवसाय गर्दै आएको बताउँ छन । उनले भने–‘धेरै पहिल्लै देखि यो काँचो कपडाको ब्यावसाय खत्तम भयो । खासै चल्दैन , बाहिर रेडिमेड कपडा नदेखाए मान्छे नै पस्दैन ।’

उनका अनुसार २००७ साल अघि देखि बटौली र खसौलीका पुराना कपडा ब्यापारी उनका पिता तिलकबहादुर वजिमियाँ , युक्तबहादुर प्रधान, भरतकुमार प्रधान, अग्नीकुमार ओझा, लक्ष्मी नरायण ओझा लगायत थिए । उनले रेडिमेड कपडाको फेशनले काँचो कपडा ब्यवसाय निरास लाग्दो भएको प्रतिकृया दिए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले तत्कालिन बटौली–खसौली कपडा, नुन चामलको एउटा लामो ईतिहास बोकेको बर्तामान बुटवल शहर भएको बताए । गाउँ गाउँ देखि खुद्रा ग्राहकहरुको त्यो लावालस्कर अहिले थोकमा खुम्चीएको बताउँदै उनले काँचो कपडा अहिले मर्दा पर्दा र पुजा पाठमा सिमित हुदै गएको तर अब सिलाएको कपडा लगाउने अभियान छेड्न सके घरेलु उत्पादन र रोजगारी बढ्ने धारणा राख्छन ।

कहाँ को थिए कहलाएका कपडा ब्यापारी ?

बुटवलको उत्तर तर्फ वारी बाग्लुङ्ग, पर्वत , स्याङ्गजा, वल्लो अर्घाखाँची , पुरै गुल्मीको ब्यापारिक राजधानी पाल्पा थियो । पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार पाल्पा तानेसेनमा पुराना र कहलाएका कपडा ब्यवसायीहरुमा गोविन्दे साहु ( गोविन्दलाल कक्षपति , प्युठानी बस्त्रालयका यज्ञप्रसाद कक्षपति , भोलारत्न प्रधान , नरेन्द्र थैव, अनमोललाल श्रेष्ठ, वलाराम प्रधान , नगेन्द्र शेखर बज्राचार्य, बैकुण्ठध्वज राजलवट , देवेन्द्रमान प्रधान, द्धवारिकमान महार्जन लगायत दर्जनौ रहेका छन ।

अध्यक्ष श्रेष्ठका अनुसार पाल्पाले अहिले सुतिको साडी समेत त्यही उत्पादन गर्ने गरेको छ । ढाका उत्पादनको माग थेगी साध्ये छैन । श्रेष्ठ भन्छन–‘ स्थानिय उत्पादनलाई बढवा दिन नेताहरुबाट स्थानिय तह मै सिलाएको कपडा लागाउनु प-यो जसरी भारतमा महात्मागान्धीले भारतिय उत्पादन सुती कपडा भन्दा बाहिरको लगाउनु भएन उहाँको अनुसरण गर्नु प-यो टिशर्ट लगायत केहि स्वदेश मै उत्पादन भई रहेका छन । कच्चा पदार्थ समेत यहि तयार गर्नु प-यो ।

आज भन्दा साठी बर्ष अघि गणेशमानसिंहले उद्घाटन गरेको पाल्पाको ढाका उद्योग अहिले यति फ,स्टाएको छ कि एक पछि अर्को उद्योग खोल्दा पनि पुराउन गाह्रो भएको छ । यसरी नै अन्य कपडा पनि स्वेश त्यसमा पनि स्थानिय तहमा सिलाएर लगाउन थाले खर्च कम , रोजगारीको बृद्धि हुन्छ । राज्यबटै मित्तब्यीताको लहर आउनु प¥यो ।

मैले मेरै छोरालाई भन्छु कमसेकम औपचारिक कार्यक्रमममा औपचारिक ड्रेस दौरा सुरुवाल वा कोट पाईन्ट सिलाईर लगाउ । यसरी नै सबैले अभियान छेड्न सके बाहिरबाट आयात हुने रेडिमेड कपडाको बाहिरिने पैसा स्वदेशमा बचत हुने थियो ।

गुल्मीमा कपडा पसलको ईतिहास

गुल्मीको सबै भन्दा पुरानो ब्यापारिक केन्द्र रिडी बजार हो । गुल्मी उद्योग बाणिज्य रिडी शाखाका अध्यक्ष सुर्वणलाल कक्षपतिका अनुसार रिडी बजारको ईतिहास लिक्षिवी काल देखिको हो । जहाँ २० १८ साल अगाडी सम्म डम्वरबहादुर श्रेष्ठ र निर्मलप्रसाद श्रेष्ठ सहितको पाँच वटा कपडा पसल निकै कहलाएका थिए ।

दोश्रो पुस्ताका रुपमा अमृतमान वजिमय, मिनबहादुर कसाजु बढि कहलाए । हाल उनै डम्वरबहादुरका छोराहरुले आभास इम्पुरेन्स नामक कपडा पसल चलाएका छन । भार्सेली कपडा पसलको विनोद भारी, गशेण थैव , प्रवेश कसाजु र जिवन भण्डारी वर्तमान पुस्ताका रिडीमा कहलाएका कपडा ब्यापारी हुन । रिडी धार्मिक क्षेत्र भएकोले अझै त्यहाँ काँचो कपडा राम्रै बिक्ने गरेको अध्यक्ष कक्षपति बताउँछन ।

धार्मिक क्षेत्र रिडी पछि तत्कालिन बाग्लुङ्ग गुल्मीको दोश्रो ठुलो ब्यापारिक केन्द्र हो वामीटक्सार बजार । गुल्मी उद्योग बाणिज्य संघ वामीटक्सार शाखाका अध्यक्ष सुदर्शन शाक्यका अनुसार उनका जिज्युहरु आज भन्दा २ सय १० बर्ष अघि काठमाण्डौबाट पैसा काट्न आएका थिए । टक अर्थात पैसा काट्ने भएकोले वामीटक्सार भनिएको हो ।

पुरानो पुस्ताका सबै भन्दा कहलाएका मखने साहु अर्थात मखनलाल श्रेष्ठ कपडा पसल र वैद्यका रुपमा जिल्लाभर कहलाएका ब्यक्ति हुन । उनको पुस्तामा राजकुमार शाक्य, तेजप्रसाद शाक्य , लालचन श्रेष्ठ पनि कहलाएका कपडा पसले हुन ।

दोश्रो पुस्तामा अञ्जनी कक्षापति जसले अहिले भाँडा पसल गरेकी छन उनि , टोपनारायण श्रेष्ठ, बाबुराम सापकोटा पनि कहलाएका कपडा पसले हुन । वर्तमान पुस्तामा उनै सुदर्शन शाक्य, कृष्णकुमार बज्राचार्य , भुमिश्वर खनाल, राजकुमार शाक्यले कपडा पसल गर्छन तर रेडिमेड बढि काँचो कपडा कमै राख्छन ।

शाक्य भन्छन–‘काँचो कपडाको दिन हरायो, रेडिमेड कपडा राख्ने गरेका छौं । जिल्लाको हाल सबै भन्दा ठुलो बजार तर तेश्रो बिकासित ब्यापारिक केन्द्र सदरमुकाम तम्घास हो । २००९ सालबाट पाल्पा, बाग्लुङ्गबाट प्रशासनिक निकायबाट छुट्टिदै तत्कालिन बडाहाकिम चन्द्रमान थकालीले वजारीकरण गरेपछि सदरमुकाम तम्घासका सबै भन्दा पुराना कपडा पसले हुन बखाने साहुका नामले चिनिने बखानसिंह श्रेष्ठ ।

उनि पछि भिमलाल मरासीनी पनि कहलाए । त्यस पछि अयोध्याप्रसाद श्रेष्ठ , माने साहु अर्थात मानबहादुर श्रेष्ठ, नरप्रसाद श्रेष्ठ, नन्दारम भुसाल , डिल्लीराज भुसाल पुराना मध्येका कहलाएका कपडा पसेल हुन ।

२०२६ साल देखि हाल सम्म कपडा पसल राखेका अयोध्याप्रसाद श्रेष्ठ भन्छन–‘ति मध्ये धेरैले छाडे , म मलगायत केहिले व्लजका भित्री, सिरक डसना र केहि ब्लजका पिस बेचेर दिन ठेलेका छौं , पहिला जस्तो ब्यापार छैन । ’ उनले रेडिमेड कपडाको फेशन आए पछि उधारो दिएको १० लाख भन्दा बढि रकम डुबेको बताए ।

उनले थपे–‘ म पसल चलाई रहेको मान्छे कहाँ त ऋण तिर्न मान्छे आउन छाड्यो भने , मानबहादुर श्रेष्ठ र भुसाल परिवार जस्ताकहाँ झन कति रकम डुबे होला ? ती तीन मुख्य ब्यापारिक केन्द्रमा झै धुर्कोट बस्तु, वामीटक्सार , मुसिकोट मैदान, खर्जयाङ्ग, शान्तिुर , खैरेनी , मजुवा चारपाला लगायत दर्जनौ स्थानका कपडा ब्यापारी श्रेष्ठ समुदाय र चुरेटा भनेर चिनिने मुस्लीम समुदायका ब्यापारीहरुको पसल रहेको घर यति बेला भग्नावशेस मात्रै देख्न सकिन्छ ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ भन्छन स्थानिय तह मै सिलाएर लगाउन छाडिएको कारण रेडिमेड कपाडा फेशन मात्रै नभएर बाध्यता पनि भएको बताउँ छन । पहिलो कुरा कपडा सिलाउने अर्डर तिनका लागि ग¥यो हप्ता दश दिन कुर्न पर्छ । अर्को कुरा महँङ्गो ज्याला । एउटा आस्कोट ( स्टकोट ) रेडिमेड किन्दा १२ सयमा पाईन्छ तर यहाँका टे«लरले दुई हजार देखि २५ सय लिन्छन यसकारणले कर्दा काँचो कपडाको ब्यापार घटेको हो । देशका विभिन्न जिल्लामा सामुहिक सिलाई बुनाई अर्थात गार्मेन्ट छर पो त्यसरी सस्तो पाईएको हो, गार्मेन्ट खोल्ने बारे सोच्नु भएको छ ? भन्ने प्रश्नमा उनले भने –‘यो चाँही गर्ने पर्नै देखियो , यसबाट काँचो कपडाको ब्यापार संगै स्थानि सिलाई पेशाकर्मीहरुले रोजगारी पनि पाउने भए यसबारे बसेर छलफल गरौंला ।’

पत्थरकोटलाई मोटरबाटोले दियो चोट

बुटवल पछि अर्घाखाँची , गुल्मी , प्युठान र बाग्लुङ्ग सम्मको दोश्रो ठुलो ब्यापारिक केन्द्र बनेको थियो कपिलबस्तुको पत्थरकोट बजार । जहाँ त्यति बेला ढाँक्रे भनिने भरियाहरु डोकामा आटो , कोदाको पिठो, सातु र हुँका चिलिम सम्म बोकेर बाग्लुङ्ग गुल्मी बाट तिन दिन देखि सात दिन सम्मको बाटो हिडेर नुन , तेल चामल र कपडा लिन जान्थे । बाटो छेउँको ओढार र चौरमा ढुङ्गाको ईल्टा बसालेर पकाउँदै गरेका , सुनिमाया र यानीमाया भाकाको गीत गाएर थकाई मेटाउँदै गरेका ति भरियाहरुलाई पत्थरकोट बजारका ब्यापारीहरुले स्वागत गर्थे ।

नुन चामल संग घिउका टिन साट्थे । केरा , तरुण, सखर खण्ड, कोदो मकै गाउँबाट लगेर आवश्यक बस्तु साटिन्थ्यो । सुका पैसा मानो घिउ संग एक धार्ने नुन चामल । निकै सजिला र सस्ता जमनाका बाबजुद पनि पत्थरकोटको ब्यापारिहरु मालामाला भई रहेका बेला २०४० साल पछि सन्धीखर्कमा मोटरबाटो सुरु भए पछि पत्थरकोटलाई चाट लागेको अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ बताउँ छन ।

उनले भने –‘ भाँडा पसलेका रुपमा मेरो बुवा नन्दलाल श्रेष्ठ, कपडा ब्यवसायीका रुपमा श्रीकृष्ण भुसलका हजुर बुवा विष्णुप्रसाद भुसाल, गुणनिधी भुसाल , चेतबहादुर शेरबहादुर पौड्यालका पिता गोेर्खाली साहु भनेर चिनिने कर्णबहादुर क्षेत्री , बोघे हाँजी मिया जो वाङ्गलाबाट आउनु भएको थियो उहाँहरु चुत्रवेशी बजारका कहलाएका कपडा पसले हुनुहुन्थ्यो । अहिले उहाँहरुका छोरा नाती पलाती सम्मले उक्त कपडा पसल फेन्सीमा परिणत गर्नु भएको छ । उनले थपे–‘ अर्घाखाँचीको मुख्य बजार पटक पटक अनिश्चित बन्यो ।

सुरुमा सदरमुकम साविको ठाडा गाविसमा बस्यो । त्यस पछि नरपानीमा स¥यो । फेरी किमडाँडामा स¥यो । पछि तत्कालिन खाँची राज्यका राजा र अर्घाका राजाले सन्धी गरेको स्थानलाई सन्धीखर्क नामकरण गरी चुत्रवेसीमा सदरमुकाम बसेको हो । यो स्थान ऐतिहासिक थलो र गुल्मीको धुर्कोट , पुर्कोट , प्युठानको चुँडााटारी र जोगीटारी लगायतको पुरानो ब्यापारिक केन्द्र पनि हो । ’

रोल्पामा काँचो कपडा अझै चल्छ

रोल्पाको हकमा ग्रामिण भेगका वासीन्दाले काँचो कपडा सिलाएर लगाउने क्रम खासै कम नभएको त्यहाँका ब्यवसायी तथा नेपाल बाणिज्य उद्योग महासंघक केन्द्रिय सदस्य किशोर आचार्यले बताए । उनका अनुसार सदरमुकाम लिवाङ्गमा सबै भन्दा पुराना र कहलाएका कपडा ब्यवसायीहरुमा आचार्य स्टेर्शका लेखनाथ आचर्य र उनका छोरा रमेश आचार्य, जिसी स्टेर्शका राजन श्रेष्ठ, राजेन्द्र कक्षापति लगायत रहेका छन । विगतमा जस्तै ति पसलमा कपडा किन्न आउनेहरुको कमी छैन ।

रुकुम कम हुँदै

रुकुम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बसन्त पुनका अनुसार सदरमुकाम खलाङ्गकोट , मुसिकोट कोट लगायतका वजार क्षेत्रमा रेडिमेड कपडा लगाउने गरे पनि ग्रामिण क्षेत्रका अधिकांस मानिसहरु काँचो कपडा निकेर सिलाएर लगाउने गरेका छन । कोट, स्टकोट कमिज दौरा सुरुवाल , चोली ब्लजहरु ब्यक्ति उ आफै कपडा सिलाउने ठाउँ मै गएर अर्डर गर्दा उहि टे«लरले कपडा उपलब्ध गराउने हुँदा कपडा पसल खासै चल्न सकेका छैनन । खलङ्गामा मोहन बोहरा , प्रेम केसीको कपडा पसल बढि कहलाएका पसलहरु हुन ।

प्युठानका कोटी साहु पछि लंके साहु

प्युठानको सदरमुकाम खलङ्ग र आसपासका बजारमा पुराना कपडा ब्यवसायीका रुपमा कुटीचौरका कोटीप्रसाद कक्षपति कहलाएका पसले हुन । सोही स्थानका रुद्रकुमार कक्षपति पनि कहलाएा कपडा पसले हुन । पछि उनि होलसेल ब्यापारिका रुपमा कृष्णनगर तर्फ लागे कोटीप्रसाद ।

त्यस पछि लंके साहुका रुपमा उदाए उनकै भाई भतिजा भर्ने लंकेश्वरप्रसाद कक्षपति । उनका माईला छोरा एवं प्युठान उद्योग बाणिज्य संघका उपाध्यक्ष केदारमान कक्षपति भन्छन–‘ कोटीचौरमा उहाँ पछि मेरा बुवालाई बाग्दुलामा पुराना कपडा ब्यवसायीका रुपमा चिन्न थालिएको हो ।

मैले जाने अनुसार मोछी बजारमा राममणी पोखरेल, धाईरेबजातरमा बिष्णु भण्डारी, माथी खलाङ्गा बजारमा देविप्रसाद कक्षपति , अखण्डकुमार श्रेष्ठ, शेखरचन्द्र प्रधान पुराना र कहलाएका कपडा पसले हुन । काँचो कपडा बिक्न छाडे पछि उनिहरुका नयाँ पुस्ता फेन्सी पसल गर्न थालेका छन ।

प्युठान ग्रामिण भेग भएकोले काँचो कपडा शहरी भेगमा भन्दा केहि बिक्ने गरेका केदारमान कक्षपति बताउँ छन । धेरै पहिल्लै देखि शहरिकरण भएको बाँके, बर्दिया, दाङ्ग र कपिल बस्तुमा रेडिमेड कपयडाको फेशन पनि पहिल्लै देखि चलेको, घरयासी बस्त्र , पुजा पाठ र मृत्यु , कोट पाईन्ट र दौरा सुरुवाल बाहेक अरु काँचो कपडा किन्न विरलै मानिसहरु आउने गरेको स्थानिय ब्यापारिहरुले बताएका छन । पुराना कपडा पसलहरु अहिले साडी स्वरुम र फेन्सी पसलमा परिणत भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *