चाडपर्वको पूर्व सन्ध्यामा खर्वाङ बजारको सरसफाई

खर्वाङ २०७५ असोज ७ । चाडवाड नजिकीदै गर्दा खर्वाङ वजारमा वृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ। शनिवार विहानै देखी कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, वडा सदस्य गोम वहादुर राना, वजार व्यावस्थापन समिति, प्रहरी, र स्थानिय सक्रियतामा वजार क्षेत्र सरसफाई गरिएको हा े। सरसफाइको क्रममा खारपानी क्षेत्र देखि खर्वाङ बजार हुँदै हाँडीखोला सम्म वाटोको झाडी फाँड्ने, प्लाष्टिक टिप्ने, सरसफाई गर्ने लगाएतका कार्य गरिएको थियो।

सम्पूर्ण वजारवासिको सक्रियता सहित सो कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै बडीगाड गाउँपालिका वडा नं. २ कै राक्से क्षेत्रमा पनि सरसफाई गरिएको छ। वडा सदस्य जमुना विक, स्थानिय गकुल गिरि लगाएतको सक्रियतामा स्थानियहरुको सहभागितामा सरसफाई कार्यक्रम संचालन गरिएको हो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *