राष्ट्रिय महिला भलिबल प्रतियोगिताले गल्कोटमा महिला खेलको बिकासमा सहयोग पुग्छ- नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज ७ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताले गल्कोटमा महिला खेलको बिकासमा सहयोग पुग्ने नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । स्वास्थका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिने २२ औ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख गैरेले यस्तो बताएका हुन् ।

उनले गल्कोटका पुरुष खेलाडीहरुले अहिलसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएको परिप्रेक्ष्यमा गल्कोटमा आयोजना हुन लागेका राष्ट्रिय महिला भलिबल प्रतियोगिताले महिला खेलाडीहरुलाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । नगरप्रमुख गैरेले नेपालीहरुको महान पर्व दर्शै, तिहार सँगै गल्कोटको हटियामा आयोजना हुने महिला भलिबल खेलमा सहभागी हुने दर्शक, खेलाडी लगायतलाई सहजता प्रदान गर्ने उद्देश्यले सडकहरु सफाई गरिने जानकारी दिए । गैरेले नगरभित्रका प्रत्येक वडामा भएका ग्रामिण सड्कलाई चाडपर्व आगावै मर्मत गरि आवतजावतमा सहजता ल्याउने र शान्ति सुरक्षाका लागी प्रहरी प्रसाशनलाई आग्रह गर्ने बताए ।

कार्यक्रममा जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम बहादुर श्रीसले ७ प्रदेशले राष्ट्रिय महिला भलिबल खेल आफनो क्षेत्रमा सञ्चालन गर्न प्रस्ताव गर्दै गर्दा जिल्ला भलिबल संघले गल्कोटमा खेल सञ्चालन गर्न सक्नु आफैमा महत्वपुर्ण बिषय भएको उल्लेख गरे । उनले आफनो कार्यकालमा गल्कोट क्षेत्रबाट महिला खेलाडीहरुलाई राष्ट्रिय खेलमा भाग लिन सक्ने बनाउने लक्ष्य रहेको खुलासा समेत गरे । श्रीसले आगामि असोज २३ गतेदेखि २७ गतेसम्म गल्कोटको हटियामा आयोजना हुने यस खेलले गल्कोटमा भएका खेलाडीहरुमा अनुशासन, ब्यवसायीक खेल तर्फ आकर्षण बढ्ने विश्वास व्यक्त गरे । श्रीसले बागलुङ जिल्ला र गल्कोटको गौरव, प्रतिष्ठासँग गाँसिएको यस भलिबल खेललाई सभ्य र भब्य रुपमा सञ्चालन गर्ने पनि बताए ।
कार्यक्रममा श्रीसले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रथम हुने समुहले ५० हजार, द्धितिय हुने समुुहले ३० हजार र तृतिय हुने समुहले २० हजार प्राप्त गर्ने जानकारी दिए ।

खेलमा उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स खेलाडी, उत्कृष्ट सेरभरलाई जनहि ३, ३ हजार प्रदान गरिने संघका जिल्ला उपाध्यक्ष योगेश भण्डारीले बताए । खेलमा सहभागी हुने समुहलाई प्रत्येक दिन १२ सय भक्ताको ब्यवस्थापन गरिएको भण्डारीको भनाई छ ।

खेलमा नेपालभरका ७ प्रदेशका समुह , नेपाल प्रहरी क्लब, सशत्र प्रहरी क्लब र नेपाली सेना गरि १० समुहको सहभागीता रहने संघका कोषाध्यक्ष गोर्ख भण्डारीले बताए । गल्कोट नगरपालिकाको सहयोग, जिल्ला भलिबल संघको ब्यस्थापन र नेपाल भलिबल संघको आयोजनामा गलकोटमा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले गल्कोटको खेल क्षेत्र सँगै पर्यटन प्रबद्धन, प्रचार प्रसार सँगै ब्यवसायीहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । खेलमा मान्यता प्रात्त राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल रेफ्रिहरुबाट खेल सञ्चालन हुने र खेल लिग नकआउटका आधारमा खेलाईने भण्डारीको भनाई छ । शनिवार हटियामा आयोजना गरिएको छलफल कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष यम बहादुर श्रीसको संयोजकत्वमा समन्वय समिति गठन भएको छ ।

त्यस्तै महेन्द्र खड्काको संयोजकत्वमा खेलकुद उपसमिति, गोर्ख भण्डारीको संयोजकत्वमा आर्थिक उपसमिति, गुमानसिह भण्डारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कौशिला घर्तिको संयोजकत्वमा होटल ब्यवस्थापन उपसमिति, गगन कुबरको संयोजकत्वमा ट्याक्सी ब्यवस्थापन उपसमिति, प्रनार्थ श्रेष्ठको संयोजकत्वमा जिप ब्यवस्थापन उपसमिति गठन भएको छ । कार्यक्रममा नेकपाका प्रतिनिधि तिलक उप्रेत,ि नेपाली काग्रेस गलकोट नगर सभापति नारायध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका गलकोट नगर अध्यक्ष टंक केसी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने ब्यक्तिहरुले राष्ट्रिय महिला भलिबल प्रतियोगिता गल्कोटको प्रतिष्ठाको बिषय भएको उल्लेख गर्दै आफनो पार्टीको तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रम जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष श्रीसको अध्यक्षता र उपाध्यक्ष भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *