नवसृजना युवा क्लब ताराको पाँचौ अधिबेशनबाट अध्यक्षमा पुन: निउरे सर्बसम्मत !

ताराखोला २०७५ असोज ६ । नवसृजना युवा क्लब ( NYC ) ताराखोला गाउँपालिका ४ ताराको १५ औं साधारणसभा तथा पाचौं अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले पुनः पूर्णभद्र निउरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष मा धन बहादुर घर्ती , दित्तिय उपाध्यक्ष मा एम बि रोका , सचिब मा भिमा रोका , कोषाध्यक्ष मा जि एम जितु र सह सचिब मा मन बहादुर घर्ती निर्बिरोध निर्बाचित भएका छ्न । त्यसैगरी खेलकुद संयोजक मा टकेन्द्र घर्ती , सास्कृतिक संयोजक मा गोबिन घर्ती र सदस्य हरुमा भबिन्द्र रोका, लक्ष्मि खत्री , निर्मला घर्ती, कोख बहादुर रोका , नवीन घर्ती, टीका भण्डारी चयन भएका छ्न ।

सोही अबसर मा नरेश के सि को संयोजकत्व मा ५ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ। सल्लाहकार समिति को सदस्य हरु मा धन बहादुर खत्री,भिम प्रसाद पुन , सर बहादुर घर्ती र ज्ञानि थापा रहेका छन् ।

साधारणसभाले सचीब एम बि रोकाले प्रस्तुत गरेको आर्थिक बर्ष ७४/७५ को बार्षिक प्रगती प्रतिबेदन , कोषाध्यक्ष जि एम जितु ले प्रस्तुत गरेको १७ लाख ९१ हजार ५ सय बत्तिस बराबरको आर्थिक प्रतिबेदन र अध्यक्ष पूर्णभद्र निउरे ले प्रस्तुत गरेको भाबी कार्य योजना तथा कार्यक्रम मा सर्बसम्मत रुपमा पारित गरेको छ ।

अधिबेशन को उदघाटन पछि बोल्दै ने क पा का जिल्ला सचिवालय सदस्य धन बहादुर खत्री ले क्लब ले सामाजिक सेवा र बिकृती बिसङ्गती अन्त्य का लागि खेलेको भुमिका प्रशंसनिय रहेको बताउनु भयो ।कार्य क्रम मा क्लब का प्रथम उपाध्यक्ष धन बहादुर घर्ती, महिला संजाल वडा न ४ कि अध्यक्ष तुलमाया निउरे, युवा बर्ष प्रा बि तारा का बिद्यालय ब्याबस्थापन समिती का अध्यक्ष गोबिन्द लाल घर्ती र सृजनशिल महिला समूह कि अध्यक्ष ज्ञानि थापाले शुभकामना मन्तव्य राखेका थिय ।

यसै बिच आझै सम्पन्न कार्यसमितिको पहिलो बैठकले क्लब को १५ औ बार्षिकोत्सब आगामी कार्तिक १६ देखि २१ सम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रम का साथ मनाउने निर्णय गरेको छ ।

साधारणसभा क्लबका अध्यक्ष पूर्ण भद्र निउरेको अध्यक्षता सदस्य मन बहादुर घर्तीको स्वागत र दित्तिय उपाध्यक्ष भिमा रोकाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *