नागरिकहरुको आर्थिक सशक्तीकरणको क्षेत्रमा सहकारीको सकारात्मक प्रभाव : मन्त्री लम्साल

माधब पराजुली, पोखरा २०७५ असेज ६ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामिण भेगका नागरिकहरुको आर्थिक सशक्तीकरणको क्षेत्रमा सहकारीले सकारात्मक प्रभाव पारेको बताएका छन् ।

शनिवार पोखरा महानगरपालिका वडा नं. २६ स्थित सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाका लि.को १० औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले दुरदराजमा रहेका अति विपन्न नागरिकहरुको जिवनस्तरमा परिर्वतन ल्याउन सहकारीले अतुलनिय भुमीका निर्भाह गरेको बताए ।

किसान र साना व्यवसायीलाई व्यवसाय प्रवद्र्धनका लागि ऋण प्रवाह गरी समृद्धिको बाटोतर्फ सहकारीले डोहो¥याइरहेको चर्चा गर्दै दुरराजका नागरिकहरुको आर्थिक परिर्वतन ल्याउन सकेकालेनै राज्यले सहकारीलाई आर्थिम मेरुदण्डको एउटा बलियो खम्बाका रूपमा लिएको बताए । मन्त्री लम्सालले संविधानले नै आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाका रूपमा सहकारी क्षेत्रलाई लिएको बताउदै संबिधान फुलफेजमा कार्यान्वयनमा आए सँगै मुलुक विकास र समृद्धि तर्फ उन्मुख हुने बताए ।

मन्त्री लम्सालले सहकारीले समग्र सामाजिक रुपान्तरण गर्दै आदर्श,सभ्य,सेवामुखी,शिक्षित र समृद्ध समाज निर्माण गर्ने अभियानमा जुट्नुपर्नेमा जोड दिए । सहकारीले कृषकहरुको समस्या तथा जनभावनालाई बुझ्दै कृषकको व्यवसायिक विकास तथा गाँउ उत्पादनमा जोड दिदै नागरिकहरुको आयआर्जन एवं् जिवनस्तर माथी उकास्न तर्फ केन्द्रित हुनुपर्नेमा जोडदिए । मन्त्री लम्सालले सहकारी नाफामुखी संस्था मात्र नभई समाजको हरेक तह एवं तप्काका वर्गमा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाको रुपमा परिचित हुनुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं. २६ वडाध्यक्ष नारायण प्रसाद बरालले सहकारी मार्फत कृषि उत्पादनमा बृद्धि गर्दै ग्रामिण भेगमा मानिसहरुको आर्थीक स्तर सुधार गर्न सकिने बताए ।

सोही अवसरमा श्री सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाका लि.का अध्यक्ष शैलेन्द्र मोहन भट्टाराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थीयो । उक्त सहकारीले कृषिमा आधुनिकिकरण गर्दै कृषिमा उत्पादनमा बद्धी,बाख्रा,बंगुर,गाई,कुखुरा पालन गर्न र पुष्प तथा तरकारी खेती जस्ता क्षेत्रमा सदस्यहरुलाई सहुलियत दरमा कर्जा,उन्नत जातका बिउबिजन वितरण समेत गर्दै आईरहेको र उनीहरुको जिवनमा समेत आर्थीक परिर्वतन ल्याएको उनको दाबी छ ।

कार्यक्रमममा ट्रेड यूनियन काङग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा,,संस्थाका संस्थापक देवेन्द्र रानाभाट,मुक्तिनाथ विकास बैकंका व्यवस्थापक रामचन्द्र रानाभाट लगाएतले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *