सेनाको वम डिस्पोजल टोली फिर्ता : तत्काल बडीगाड खोलाको ताल फुटाउन सकिने अवस्था छैन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज ६ । तुरतुरे पहिरो तथा पहिरोले बडीगाड खोला थुनिएर बनेको ताल जलाशयमा जम्मा भएको पानीको व्यवस्थापनका निम्ती आएको नेपाली सेनाको टोली स्थलगत अवलोकन पछि फिर्ता भएको छ । नेपाली सेनाको वम डिस्पोजल टोलीले घटना स्थलको अवलोकन गर्दे चाँडैनै यस सम्वन्धमा सम्भावित विकल्प र त्यसको अवस्थाको बिषयमा मन्त्रालयमा प्रतिवेदन पेस गरेपछि मात्र आफुहरु अगाडी बढने बताउंदै टोली फिर्ता भएको छ ।

१४ नम्बर बाहिनी अड्डा काठमाडौबाट अाएकाे वम डिस्पोजल टोलीका प्रमुख प्रमुख सेनानी राधाकृष्ण थापाका अनुसार हाललाई जम्मा भएको ताललाई आफुहरुले फुटाएर पानीको वहाब घटाउन सक्ने अवस्था नरहेको र केहि दिनको धैर्यता संगै पानीको वहाब केहि मात्रामा घटेपछि मात्र ताल फुटाउन सकिने बताउंदै लोकमार्ग सञ्चालनका निम्ती सडक डिभिजनको टोलीले निरीक्षण गरेपछि काम सुचारु भएको खण्डमा ढुंगा बलास्टिङ्ग गर्न सकिने प्रतिकृया दिए ।

उनले भर्खरको अवस्थामा ताल फुटाउंदा तल्लो भुभाग अर्थात नदी तटिय क्षेत्र आसपासका जनतालाई क्षेति पुर्याउन सक्ने भएका कारण तत्कालको अवस्थामा ताल खुलाउन नसकिने बताए ।

त्यस्तै डिस्पोजल टोलीकै अमिरजंग राउतका अनुसार सडक विभागले डोजरको सहयताले पहिरोमा भएको ढुंगा हटाउन नसकेको खण्डमा आफनो टोलीले घटना स्थल क्षेत्रमै रहेर वम व्लास्टिङ्ग गर्न सकिने जानकारी दिए ।

नेपाली सेनाको यस्तो प्रतिकृया आईरहंदा र सडक विभागले समेत पहिरो व्यवस्थापन गरी सडक खुलाउन ढिला गरिरहंदा मध्यपहाडी लोकमार्ग सञ्चालन हुन अझै केहि दिन लाग्ने आंकलन गरिएको छ ।

पहिरोका कारण सिधा सवारी सञ्चालन नहुंदा निरन्तर सास्ती भईरहेको अवस्थामा सम्बिन्धत निकायले चांडो काम थालेको खण्डमा लोकमार्ग एक हप्तामै सञ्चालनमा ल्याउन सकिने स्थानियको भनाई छ ।

नेपाली सेनाको स्थलगत अवलोकनका अवसरमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, नेपाली कांग्रेस क्षेत्रिय सभापती दार्णकुमार कुवंर, समाजसेवी तुल्सिराम अर्याल, नेकपाका नेता चन्द्र अर्याल लगाएत राजनैतिक दलका प्रतिनिधि, पत्रकार, स्थानियबासी, बजारबासी लगाएतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *