लौरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान प्रहरी नियन्त्रणमा !

ताराखोला २०७५ असोज ६ । ताराखोला गाउपालिका – २, साविक अर्गल गाविसको वडा नं ४ खलडाँडामा हिँजो साँझ पतीपत्नीबीच आपसी बिबाद हुँदा पतिको लौरो प्रहारबाट पत्नीको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेका देउप्रसाद छन्त्यालले श्रीमती तुलमायाँ छन्त्यालको शिरमा लौराले प्रहार गर्दा गम्भीर घाईते भएकी उनको उपचारकै क्रममा गल्कोट स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक छन्त्याल ७० वर्षकी थिईन् । अभियुक्त ६६ वर्षिय छन्त्याललाई ईलाका प्रहरी कार्यालय ताराखोलाले नियन्त्रणमा लिएको प्रनानि सानुकाजी विष्टले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *