भुस्याहा कुकुरको व्यवस्थापन गर्न ज्ञापन पत्र !

बागलुङ २०७५ असोज ६ । रोट्राक क्लब अफ बागलुङले शुक्रवार बागलुङ नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला पशु सेवा कार्यालयहरुमा भुस्याहा कुकुरहरुको व्यवस्थापनका लागी ज्ञापन पत्र बुझाएको छ ।

केहि समय देखी बागलुङ नगरपालिका क्षेत्रमा भुस्याहा कुकुरहरुको संख्या बृद्धिले सवारी साधन तथा यात्रुहरुलाई समस्या परेको र सडक दुर्घटना निम्तिने संभावना बढेकोले त्यस्को उचित व्यवस्थापनका लागि सरोकारवाला निकायहरुमा ज्ञापन पत्र दिएको रोट्राक क्लब अफ बागलुङका प्रस्तावित अध्यक्ष तारा प्रसाद शर्माले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *