गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री चुमान बागलुङमा

बागलुङ २०७५ असोज ६ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान तुरतुरेको पहिरो अवलोकन गर्न जाने सिलसिलामा अहिले बागलुङ सदरमुकाम आई पुग्दैछन् ।

मन्त्री चुमान मध्यपहाडी लोकमार्गको तुरतुरेमा गएको पहिरोका कारण अवरुद्ध सडक एवं पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको अवलोकन निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *