प्रजिअ खरेलव्दारा धौलागिरी अन्चल अस्पतालको आकष्मिक सेवाको रात्रिकालीन निरीक्षण !

बागलुङ २०७५ असोज ६ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गए राति १ बजे धौलागिरी अन्चल अस्पतालको आकष्मिक सेवाको निरीक्षण गरेका छन् । अस्पतालबाट प्रवाह गरिने सेवालाई लिएर विभिन्न टीका टिप्पणीहरु बाहिर आईरहेको अवस्थामा प्रजिअ खरेलले अस्पतालको आकष्मिक ईमरजेन्सी सेवाको निरीक्षण गरेका हुन् ।

राति प्रजिअ खरेलको टोली अस्पतालको आकष्मिक कक्षमा प्रवेश गर्दा अहेब शिव केसीले बिरामीको परीक्षण गरिरहेका थिए भने त्यस्को केहि क्षणमा डा विपिन सुवेदी आकष्मिक कक्षमा प्रवेश गरेको श्रोतले बतायो ।

अस्पतालबाट प्रवाह गरिने सेवाबारे प्रजिअ खरेलले अस्पतालमा भर्ना भएका विरामीहरु संग संक्षिप्त अन्तक्र्रिया गरेको जानकारी दिँदै श्रोतले भन्यो अस्पतालमा भर्ना भएर उपचार गराईरहेका काठेखोला गाउपालिका बिहुँका कृष्ण कँडेलले उपचार सेवा राम्रो भएको प्रजिअ खरेललाई बताए ।

आकष्मिक सेवाको अनुगमनलाई लिएर ईबागलुङले प्रजिअ खरेल संग राखेको जिज्ञासामा नर्सिङ स्टेशनमा चौबीसै घण्टा नर्सहरुको उपस्थिति हुनु पर्ने हो त्यो देखिएन र फार्मेसी कक्षमा पनि मानिसको उपस्थिति नरहेको पाईयो । हामी पुगेको केहि क्षणमा नर्स र फार्मेसीमा मानिस आउनु भएको थियो ।

अस्पतालबाट प्रबाह गरिने सेवा चुस्त दुरुस्त रहने विश्वासका साथ राति आकष्मिक सेवाको निरीक्षण गरिएको जानकारी दिँदै प्रजिअ खरेलले अस्पतालबाट प्रवाह गरिने सेवामा सुधार आएको बताए ।

प्रशासकीय अधिकृत धिरेन्द्र पन्तका अनुसार अस्पतालमा भर्ना भएका १९ जना विरामीहरु र प्रसुति कक्षमा गरी २६ जना बढी बिरामीहरुले उपचार सेवा लिईरहेका थिए ।

अस्पतालमा कार्यरत अहेव शिव केसीले प्रजिअज्यू राति १ बजेको समयमा अस्पतालमा आउँदा आकष्मिक कक्षमा तीन जना विरामीको स्वास्थ्य जाँच भैरहेको जानकारी दिँदै उहाँले अस्पतालमा भर्ना भएर उपचार गराईरहेका विरामीहरुसंग अन्तरक्रिया गर्नु भएको ईबागलुङलाई जानकारी दिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *