कुराकानी : दुई तीन दिन भित्र बैकल्पिक सडक चालु हुन्छ : नगरप्रमुख नेपाली

बुर्तिवाङ २०७५ असोज ६ । ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेर बागलुङ जिल्लाको सुदूर पश्चिम निसी-भुजी-तमान क्षेत्रको जनजीवन ९ दिन देखी नराम्ररी प्रभावित बनेको छ ।

अबरुद्ध लोकमार्ग खुुलाउन सडक विभागको प्राविधिक टोली तथा पहिरोले थुनिएर बडीगाड खोलामा बनेको विशाल जलाशयको पानीलाई सुरक्षित रुपमा निकास दिन नेपाली सेनाको टोली आउने जानकारी प्रकाशमा आएको छ । टोलीले कहिले देखी काम सुरु गर्छ र कति समयमा यो लोकमार्ग सन्चालनमा आउला भनेर अहिले नै किटान गर्नसक्ने अवस्था छैन । त्यसैले यस निसीभूजी क्षेत्रका बासिन्दाहरुले अझै कति दिन कष्टकर जीवन बिताउनु पर्ने हो एकीन छैन ।

मध्यपहाडी लोकमार्गको ३ सय ३० मिटर सडक पहिरोले बगाएको छ । यो भाग छिचोल्न बैकल्पिक सडक मात्र होईन पैदल मार्ग समेतको समस्या हुँदा यात्रुहरुलाई बडीगाड खोला (पहिरो) पारी मालारानीको जंगलहुँदै ३ घण्टा हिँडेर सिमलचौर अनि त्यहाँबाट ओर्लिएर बडीगाड खोलाको पुल तरेर बल्ल खल्तुबोट पुग्नु पर्ने बाध्यता छ । सर्वसाधारण देखी बालबालिका, बिरामी, अशक्तजनहरु बढी प्रभावित बनेका छन् । व्यापारिक सरसामान, निजी सामान खासगरी दैनिक उपभोग्य बस्तुहरु बोकाएर तीन घण्टाको बैकल्पिक पदमार्गबाट ओसार पसार गर्दा एकातिर समस्या झेलिरहनु परेको छ भने अर्कोतिर अति आवश्यक बस्तुहरुको अभाव र मुल्य बृद्धिको मारमा जनताहरु परेको अवस्था छ ।

पहिरोका कारण उत्पन्न विषम परिस्थितिको निकासका लागी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, निसीखोला, तमानखोला र बडीगाड गाउपालिकाका अध्यक्षहरु क्रमश तारानाथ पौडेल, जोकलाल बुढा र मेहरसिँह पाईजा लगायत जनप्रतिनिधीहरु, सामाजिक अभियन्ता एवं प्रशासन सक्रियरुपमा लागि रहेका छन् ।

यसै सिलसिलामा भैरहेका प्रयासहरुलाई लिएर ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीसंग ईबागलुङ सहकर्मी झरना कँडेलले शुक्रबार लामो कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको केहि अंश … ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !