काँग्रस कार्यकर्ता स्व कडेलको निधनमा काँडेवासमा श्रद्धान्जलि सभा !

गल्कोट २०७५ असोज ६ । नेपाली कागेंस बागलुङ क्षेत्र नम्बर २ को आयोजनामा गल्कोटको काडेबासमा श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ । गल्कोट नगरपालिका वडा नम्बर ८ काडेबासका नेपाली काग्रेसका कार्यकर्ता भिमलाल कडेलकी धर्मपत्नी स्वर्गिय भिमकली कडेलको ११ औ दिनको पुन्य तिथीमा श्रदान्जली कार्यक्रम सम्पन्न भएको हो । श्रदान्जली कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुबरले नेपाली काग्रेसका क्रियाशील सदस्य भिमलाल कडेलका धर्मपत्नी भिमकली कडेलले समाजमा खेलेको भुमिका प्रसशंसनीय भएको उल्लेख गरेका थिए ।

उनले स्वर्गिय कडेल सामाजिक ब्यक्तित्व भएको उल्लेख गर्दै कडेलका सकरात्मक कुराको परिवारले अनुसरण गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद कडेल, बडीगाड गाउपालिका वडा नम्बर ६ का अध्यक्ष मौसमकाजी क्षेत्री, स्वतन्त्र बिद्यार्थी युनियन गल्कोट बहुमुखी क्यापसका सभापति गुमानसिह भण्डारी, गल्कोट नगरपालिका वडा नम्बर ८ का पार्टी सचिव घनश्याम चालिसे लगायतले शोक मन्तब्य व्यक्त गरेका थिए । श्रदान्जली कार्यक्रममा क्षेत्रीय सभापति दोर्ण कुबर र जिल्ला सदस्य रामप्रसाद कडेलले स्वर्गिय परिवारलाई पार्टीको तर्फदेखि श्रदान्जली तस्बिर उपलब्ध गराएका थिए । कार्यक्रम नेपाली काग्रेस गल्कोट नगरपालिका वाड नम्बर ८ का सभापति ढालिन्द्रप्रसाद गौतमको अध्यक्षता र क्षेत्रीय प्रतिनिधि घनश्याम चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *