तुरतुरेको पहिरोका कारण अबरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु गर्न सडक विभागको टोली आउँदै

बागलुङ २०७५ असोज ५ । गत भदौ २९ गते तुरतुरे देउरालीको भीषण पहिरोका कारण ८ दिन देखी अवरुद्ध मध्य पहाडी लोकमार्ग सुचारु गराउन नेपाल सरकार भौतिक योजना मन्त्रालय सडक बिभाग हेभी ईक्विप्मेन्ट डिभिजनको प्राविधिक टोली खटिएको छ ।

प्राविधिक टोलीले पहिरो हटाउन आवश्यक हेभी ईक्विप्मेन्टहरु टेलरमा राखेर केहि समय अगाडी पोखराबाट हिँडेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए ।

यसैबीच, प्रजिअ खरेलका अनुसार उक्त पहिरोका कारण बडीगाड खोला थुनिएर बनेको ताल (जलाशय)को पानी फाल्न १४ नं बाहिनी अड्डा काठमाडौबाट प्रमुख सेनानीको नेतृत्वमा सेनाको टोली बागलुङ सदरमुकाम देखी भिङगिठे प्रस्थान गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *