शैक्षिक तथा धार्मिक महोत्सवमा झण्डै ५० लाख सङ्कलन

कौरव खत्री, गुल्मी २०७५ असोज ५ । गुल्मीको उपल्लो तम्घास माध्यमिक विद्यालयमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा झण्डै ५० लाख सङ्कलन भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. ९ उपल्लो तम्घास खालाकाचौरमा गत भदौ ३० गते देखि सुरु भएको महोत्सवमा असोज ४ गतेसम्म कुल ४१ लाख ४५ हजार २ सय २२ आर्थिक सहयोग प्राप्त भएको महोत्सवको सचिवालय संयोजक मधु गौतमले जानकारी दिए ।

विद्यालयलाई कृषि व्यवसायिक तथा सुविधा सम्पन्न विद्यालय सञ्चालन र शैक्षिक विकासका लागि यो शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरिएको हो ।

भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचकतत्वमा शैक्षिक क्रान्त्रीका अभियान्ता ईश्वर शरण महाराजको संगितमय प्रर्बचन तथा झाँकी प्रस्तुत गरिने शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिले जनाएको छ ।

महोत्सव भोली अर्थात असोज ६ गते सम्म समापन हुने महोत्सवका सचिवालय संयोजक गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *