आदर्श सञ्चारद्वारा सुत्केरी र नवजात शिशुलाई सहयोग

सिर्जना पन्त, बागलुङ, २०७५ असोज ५ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका कर्मचारी इस्टाफन केसी छन्त्याललाई सुत्केरी सहयोग रकम प्रदान गरेको छ ।

संस्थामा निक्षेप विभाग प्रमुखका रुपमा कार्यरत केसी छन्त्याललाई सुत्केरी सहयोग स्वरुप ३ हजार रुपैया र नवजात शिशुलाई बाल वचत खाता सञ्चालनका लागि १ हजार रुपैया प्रदान गरिएको हो ।

जैमिनी नगरपालिका वडा नं. २ निवासी इस्टाफन केसी र अमृत छन्त्यालको पहिलो सन्तानका रुपमा जन्मिएका छोराको नाम ओयरसन छन्त्याल राखिएको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु), सञ्चालकहरु शान्ति श्रेष्ठ, अम्बिका जि.सी, खीमबहादुर केसी र कमल लामिछानेले आइतवार केसीको बानपा–१, रामरेखास्थित निवासमै गएर सुत्केरी सहयोग र बालवचत रकम हस्तान्तरण गरेका थिए ।

संस्थामा कार्यरत कर्मचारी सुत्केरी हुँदा सुत्केरी सहयोग र नवजात शिशुको बाल वचत खाताका लागि रकम सहयोग गर्ने गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) ले जानकारी दिईन ।

सूचना र सञ्चारका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले सदस्यहरुबीच वचत तथा ऋणको कारोबारसंगै सामाजिक सुरक्षा अभियान अन्तरगत मृत्यु राहत रकम, जेष्ठ नागरिकलाई पेन्सन, सुत्केरी सहयोग, नवजात शिशुको वचत खाता सञ्चालनदेखि दैवीप्रकोप लगायत मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

सहकारी अभियानलाई प्रभावकारी बनाउन सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई पालना गर्दै सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि आदर्श सञ्चार सहकारी निरन्तर लागि रहेको र धौलागिरि क्षेत्रको सहकारी अभियानलाई सक्रिय बनाउन संस्था निरन्तर क्रियाशिल रहेको संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *