मध्यपहाडी लोकमार्ग खुलाउने काम सुरु, सडक सुचारु गर्न ४ दिन बढी लाग्ने !

कृष्ण कँडेल, बागलुङ २०७३ फागुन २३ । सुख्खा पहिरोका कारण अबरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ ।
मध्यपहाडी लोकमार्ग परियोजना र दरमखोला हाईड्रो ईनर्जी लिमिटेडको सहकार्यमा आज विहान ११ बजेदेखि एउटा स्काभेटर प्रयोग गरेर काम सुरु गरिएको माध्यपहाडीका ईन्जिनियर राजु रानाभाटले जानकारी दिए ।

भोली देखि अर्को एउटा थप मेसिन प्रयोग हुने उनको भनाई छ । पहिरोसँगै ठुलठुला ढुङ्गा र माटो खसेर सडक रोकिएको र झण्डै २ सय मिटर फराकिलो र १ सय ५० मिटर माथिबाट सडक भासिएकाले नियमित ३, ४ ओटा मेसिन लागएर काम गर्दापनि सडक खुलाउन ३, ४ दिन भन्दा बढी समय लाग्ने ईन्जिनियर रानाभाटले बताए ।

सडक र त्यसभन्दा माथि रहेको चट्टान फुटाउन लाग्ने समयका आधारमा सडक खोल्ने समय पनि निर्भर हुने मध्यपहाडी लोकमार्गले जनाएको छ ।
दरमखोला हाईड्रो ईनर्जि रिघाले विद्युत पाईपका लागि सडकको कुनापट्टिको मागमा खनेर फराकिलो बनाएको ठाउँबाट सुख्खा पहिरो गएको मध्यपहाडी आयोजनाले जनाएको छ । हिजो विहान पाँच बजेदेखि लोकमार्ग बन्द भएपछि बुर्तिबाङबाट बागलुङ, काठमाण्डौ र पोखराका लागि छुट्ने सवारी साधनको आवतजावत रोकिएको छ ।

रिघा ७ मनेवा पाटामा सडक माथिबाट सुख्खा पहिरो खसेपछि दरमखोला समेत थुनिएको छ । थुनिएर बनेको तालमाथिबाट पानी ओभर फ्लो भएर बाग्न थालेपछि तटिए क्षेत्रको त्रास कम भएको छ । तर थुनिएर बनेको तलाउ केहि घटेर दरमखोलाको वाहव नियमित भएपनि ताल भने यथावत रहेको खर्बाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए ।

सडक अबरुद्ध भएपछि जीप तथा साना सवारी साधनलाई सानो रिघा ठुलोरिघा मल्म हुँदै गलकोट र गुल्मी वामीटक्सार काँडेबास हुँदै गल्कोट हटिया तर्फ जाने स्थानिय ग्रामिण रुट प्रयोग भएको खर्बाङबाट पत्रकार कमल पौडेलले बताए ।

बस तथा ठुला सवारी साधन ति दुवै रुटबाट सञ्चालन हुन नसक्ने भएपछि पहिरो भन्दा एता खर्बाङ तिर तथा उता रिघा तिरको ठाउँबाट यात्रु झारेर सञ्चालन गरिएको यातायात व्यवसायीले जनाएका छन् । सडकमा अलपत्र यात्रुहरुका लागि बैकल्पीक रुट प्रयोग भएपछि केहि सहजता भएको छ ।
बागलुङ जिल्लाको रिघा गाविस–७ मनेवापाटामा हिजो भिषण सुख्खा पहिरो खसेर दरमखोला थुनिएको हो । उक्त घटनामा एक महिलाको ज्यान गएको थियो । दरमखोलामा थुनिएर खोला छेउमा रहेको केन्द्रिय बिद्युत प्रसारण लाइनको पोल ढलेको देखे पछि घरको बिजुलीको मेन स्विच बन्द गर्ने क्रममा रिघा–७ का ५६ बर्षिया मनकुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

तालको पुरै पानी नबगेपनि खोलाको वाहव नियमित भएकाले तटिय क्षेत्रका खरबाङ, वामीटक्सार, भुवाचिदी, रिडि, रुद्रबेणीका बासिन्दामा बढेको त्रास कम भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.