अन्तरपार्टी महिला सन्जाल सहित १९ संस्थाव्दारा प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ २०७५ असोज ४ । गत साउन १० गते कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछी हत्या गरिएको घटनाका दोषीहरुको हाल सम्म सरकारबाट पत्ता लगाउन नसकेको र पटक पटक हत्या हिंशा तथा बलात्कारका घटनाहरुका कारण महिलाहरुले सरकार तथा सुरक्षा निकायबाट न्याय पाउन नसकेको भन्दै अन्तरपार्टी महिला सन्जालको नेतृत्वमा जिल्लामा कृयाशील १९ संघसंस्थाहरुले जिल्ला प्रशासन कर्यालय मार्फत प्रधानमन्त्रीको नाममा ध्यानाकर्षण पत्र पठाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष मन्जू क्षेत्रीले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई प्रधानमन्त्रीको नाममा लेखिएको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेकी थिईन् । हस्तान्तरण अगाडी बानपा १ वडासदस्य लक्ष्मी बोहराले ध्यानाकर्षण पत्र बाचन गरेकी थिईन ।

प्रधानमन्त्रीको नाममा लेखिएको ध्यानाकर्षत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले आजै प्रधानमन्त्रीको कार्यालय सिँहदर्बार काठमाडौ पठाउने प्रतिवद्धता जनाएका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *