निसीखोलामा चेम्बर अफ कमर्स गठन

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ असोज ४ । निसीखोला गांउपालिकामा शान्तकुमार छन्तयालको अध्यक्षतामा चेम्बर अफ कमर्सको गठन गरिएको छ ।

आयोजित कार्यक्रममा निसीखोला गांउपालिका प्रुमख तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । समितीको उपाध्यक्षमा अशोक कार्की, सचिव राजमान बुढा, कोषादध्यक्ष प्रकाश कुवंर, सहसचिब हेमराज सापकोटा, सदस्यहरुमा शिव कार्की, आसिस कार्की, तिलकुमारी चन्द, चेतराम पौडेल, ओमबहादुर सुनार, राजेन्द्र शाही चयन भएका छन् । त्यस्तै आमन्त्रित सदस्यहरुमा ओमबहादुर चन्द, राजेन्द्र श्रेष्ठ, दालबहादुर कुवंर (जाल) रहेका छन् ।

कार्यक्रम व्यवसायी शान्तकुमार छन्त्यालको स्वागत, बागलुङ चेम्बर अफ कर्मस जिल्ला सदस्य दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *