न्वागी मेलाका अवसरमा प्रथम बडीगाड महोत्सवको आयोजना : १ सय १ सदस्यीय समिति गठन !

कमल पौडेल, बागलुङ २०७५ असोज ४ । वर्षौँ देखी पौँदेलीहरुले धार्मिक एवं साँस्कृतिक मेला (पर्व)को रुपमा मनाउदै आएको प्रशिद्ध न्वागी पर्वका अवसरमा यस वर्षको न्वागी पर्वलाई ‘प्रथम बडीगाड महोत्सव’को रुपमा समेत मनाईने भएको छ ।

बडीगाड सँस्कृति पवर्धन केन्द्रको आयोजना तथा बडीगाड गाउपालिकाको समन्वयमा हिँजो खारबजारमा सम्पन्न बृहत् अन्तरकृया तथा भेलाले आगामी २०७५ साल मंसिर १ गते देखि ९ गते सम्म प्रथम बडीगाड महोत्सव तथा न्वागी मेला २०७५ गर्ने निर्णय गरेको हो ।

सो महोत्सव सञ्चालन गर्नको लागि कलाधर घिमिरेको संयोजकत्वमा १ सय १ सदस्यीय मुल समारोह समिति गठन गरेको छ। समितिमा बडीगाड गाउँसभाका सवै सदस्य तथा सवै वडावाट प्रतिनिधिमुलक प्रतिनिधित्व रहेको छ। त्यस्तै भेलाले गुणानिधि घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति, प्रदिप खरेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शिवलाल घिमिरेको संयोजकत्वमा विज्ञापन संकलन उपसमिति, तिर्थमणि भुसालको संयोजकत्वमा स्टल तथा भौतिक व्यावस्थापन उपसमिति, कमल पौडेलको संयोजकत्वमा संघ संस्था परामर्श उपसमिति, टिका पाइजाको संयोजकत्वमा साँस्कृतिक उपसमिति, काजिमान गौचनको संयोजकत्वमा खेलकुद संचालन उपसमिति, कमलराज आचार्यको संयोजकत्वमा अनुगमन तथा पृष्ठपोषण उपसमिति, इन्द्र वहादुर थापाको संयोजकत्वमा अल्का मेला तथा रमाइलो मेला व्यावस्थापन उपसमिति र शिव घिमिरेको संयोजकत्वमा लेखा उपसमितिको गठन गरेको छ।

सो भेलामा प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेल, बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, उद्योग वाणिज्य संघ वुर्तिवाङका अध्यक्ष चिन्तामणि शर्मा, महासचिव राम नारायण सुवेदी, भिमगिठे माविका प्रधानाध्यापक सागर खरेल लगाएतले कार्यक्रमको प्रारम्भिक अवधारणाको वारेमा टिप्पणी सुझाव तथा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।


तस्वीर- दिनेश शर्मा, भिङगिठे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *