ताराखोला गाउँ पालिका अध्यक्ष सुप्रबल जनसेवा पदक बाट सम्मानित

पूर्ण भद्र निउरे, ताराखाेला २०७५ असाेज ४ । ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित हुने भएका छन् । गृहमन्त्रालयले बुधबार सूचना प्रकाशन गरी संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेकालाई मानपदवी, अलंकार, पदकद्वारा विभूषित गर्ने जनाएको हो । सोही क्रममा ताराखोला गाउपालिका अध्यक्ष घर्ती पनि सो पदक द्वारा बिभुषित हुने उल्लेख गरियको छ । घर्तिले लामो समयदेखी राजनीति र समाज सेवाका क्षेत्रमा काम गर्दै आएका छन् ।

जिल्लाको दुर्गम ठाउँमा रहेर गरेको योगदान को कदर गर्दै सुप्रबल जनसेवा श्री पदक बाट गाउँपालिका अध्यक्ष सम्मानित हुदा गाउँ पालिकाबासीले समेत गर्व को अनुभुती गरेको स्थानीयले बताएका छन ।

स्थानीय तह स्थापना को पहिलो बर्ष पार गर्दै गर्दा गाउपालिका अध्यक्ष ले पाएको यो सम्मानले गाउपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधि सबैलाइ काम गर्नमा उत्साहित बनाएको प्रमुख प्रसासकिय अधिकृत तोपलाल भुषालले बताए ।

गृह मन्त्रालयले बिभुषित हुनेको नाम समाबेश आज सुचना सार्वजनिक गरे पनि उनिहरुलाई अर्को बर्ष मात्रै पदक बितरण गर्ने गृह मन्त्रालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *