निसीखोलामा एक किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ !

बुर्तिवाङ २०७५ असोज ३ । जवरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउपालिका वडानं ५ का दुईजना युवाहरुलाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङले कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको जनाएको छ ।

गत भदौ २७ गते निसीखोला-४ कानाबगरमा तीजको मेला हेरेर साँझ घर फर्कदै गरेकी अन्दाजी १५ वर्षकी विश्वकर्मा थरकी कशोरीलाई काला पहिरा नेर लखेटी लखेटी खोलाको तीरमा लगेर सामुहिक बलात्कार गरेको श्रोतले बतायो ।

ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख प्रनानि रिणबहादुर बैदवारका अनुसार मंगलबार ५ बजेको समयमा पीडितबाट उजुरी आएपछी निसीखोला गाउपालिका वडा नं ५ कै वर्ष २० का थगेन्द्र विश्वकर्मा र ऐ बस्ने वर्ष २५ का रामबहादुर विश्वकर्मालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुर्तिवाङ पठाएको थियो भने ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले आजै अभियुक्तहरुलाई जिप्रका पठाएको जानकारी दिए ।

पीडित किशोरीका बुबा-आमा निसीखोला- ५ बलावन खोलामा होटेल व्यवसाय गर्दै आएका छन् । घटना भदौ २७ गते साँझको भएपनि बाहिरै मिलापत्र गर्ने प्रयास भएको र रु २ हजारमा सहमती भएपनि पछी कुरा नमिले पछी घटनाको ७ दिन पछी हिँजो ५ बजे मात्र प्रहरीमा उजुरी परेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *