देशको समग्र विकासका लागि सहकारी आवश्यक– पर्यटन दूत सापकोटा

सुमन जि.सी, बागलुङ, २०७३ फागुन २३ । डेनमार्कका लागि नेपाल सरकारका पर्यटन दुत सोम सापकोटाले देशको समग्र विकासका लागि सहकारीको आवश्यकता रहेको बताएका छन् ।

समता साकोस भरतपुर चितवन सहकारी अध्ययन अवलोकनका क्रममा बागलुङको सिवाईसी साकोसमा दुई संस्था विच भएको अन्तरकृयात्मक कार्यक्रममा प्रमुख अतिथी सापकोटाले सो कुरा बताएका हुन् ।

विश्वका धैरै देशहरुले सहकारी माफर्त विकासका गतिहरु तिव्र रुपमा अगाडि वढाईरहेको सन्दर्भमा नेपालको विकास पनी सहकारी मार्फत सम्भव रहेको धारण सापकोटाले व्यक्त गरे । बागलुङ मल्ममा जन्मिएका सापकोटालाई सिवाईसी साकोसले आजकै दिनमा संस्थाको शेयर सदस्य समेत प्रदान गरेको छ । सोही क्रममा वा.न.पा.–५ स्थित रञ्जना पन्त र हटिया स्थित हेमराज गैरेलाई संस्थाको शेयर सदस्यता प्रदान गरी संस्थामा टिका, तथा खादाव्दारा स्वागत गरिएको थियो ।

अन्तरकृया कार्यक्रममा समता सहायक व्यवस्थापक सविता थापाले आफ्नो संस्थाले सञ्चालन गरेका गतिविधि र बागलुङको सिवाईसी साकोसमा भ्रमणमा आउनुको उद्देश्यका बारेका जानकारी गराएकी थिईन भने सिवाईसी साकोसको तर्फवाट संस्थाले सञ्चालन गरेका गतिविधिहरुको बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र प्रवन्धक नवराज शर्माले जानकारी गराएका थिए ।

सिवाईसी साकोसको अवलोकन पश्चात समता साकोसले ५ सय शेयर सदस्य पु¥याउनृ, संस्थाको मुख्य नारा निर्माण गर्ने, बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय छाता संघ नेफ्स्कूनमा आवद्ध हुने, संस्थाको संस्थागत कोष बृद्धि गर्ने लगाएतका प्रतिवद्धताहरु व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष गीतादेवी रेग्मी र सञ्ञ्चालन लेखा समिति सदस्य संगिता शर्मा पौडेलले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.