कपिलवस्तुमा संविधानको विरोध गर्दै संशोधनको माग !

प्रेम सुनार, बुटवल २०७५ असोज ३ । प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा बिशाल सहभागितामा संविधानको स्वागत गर्दै भव्य रुपमा संविधान दिवस मनाई रहँदा यो संगै जोडिएको जिल्ला कपिलवस्तुमा भने संविधानको विरोध सभा गरिएको छ ।

राजापा नेपालको आायोजनामा गरिएको विरोध सभामा त्यस पार्टीका महामन्त्री रविदत्त मिश्रले संविधान संशोधन हुनु पर्ने , पहिलाकै जस्तो गरी मधेशी समुदायलाई नागरिकता दिनु पर्ने माग गरेका थिए । पार्टी कार्यालयबाट करिव हजार जनाको संख्यामा आएको जुलुसले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेको थियो ।

सो पार्टीका केन्द्रिय सदस्य रविनाथ मिश्र , अर्का केन्द्रि सदस्य तथा जिल्ला अध्यक्ष मधुसुदन चौधरी लगायले कैलालीका सांसद रेशम चौथरीलाई तत्काल रिहा गर्नु पर्ने लगायतका मागहरु राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *