जापानमा संकलित रू ४ लाख ३० हजार ताराखाेला- ३ का बालबालिकालाई हस्तान्तरण

खगेन्द्र विश्वकर्मा, ताराखाेला २०७५ असाेज ३ । बराहखाेलाका मिना बगाले राेगका कारण र गाेविन्द बगाले चिप्लेर लडेर महिना दिनकाे अन्तरालमा मृत्यु भएपछि उनिहरुका १ छाेरी र २ छाेराकाे सुन्दर भविष्य अलमल पर्ने संभावना देखिन्थ्यो । ती बालबालिकालाई शिक्षाकाे सुनाैलाे अवसबाट बन्चित नहुन भनि ताराखाेला गाउपालिका अर्गल घर भै हाल जापानमा कार्यरत दिर्ग घर्ती, वुद्दिबहाुर थापा र वडा ५ घर भै हाल जापानमा कार्यरत लिल शंकर विश्वकर्माकाे पहलमा जापानमा रकम संकल गिरएकाे थियो । अमेरिकीमा कार्यरत दिर्घ घर्तीले १५ हजार, न्युजिल्यान्डबाट भिमबहादुर कामिले २ हजार शिवलेकालि पन्चेबाजा समुहले १५ हजार ५५ प्रगतिशील अामासमुह पढेराखाेलाले ५ हजार, र रुपा पुनले २ हजार र उनकाे पहलमा पर्तुगलमा ४२ हजार, संगितप्रेमि रामु जिसि साउडीबाट ५ हजार गाउपालिकाबाट १० हजार र अन्य रकम ३ लाख बढि रकम जापानमा संकलन भएकाे थियोे ।

सबै रकम जम्मा गरि ४ लाख ३३ हजार रकम बालबालिका भावना बगाले र उनका भाईहरुलाई र वडा प्रतिनिधि भुपनारायण बगालेकाे रेखदेखमा रहने गरि हस्तान्तरण गरिएकाे छ । उक्त रकम बुद्धि थापाकाे पहलमा संकलित रकम उनको बुबा मनबहादुर थापाकाे हातबाट र दिर्गबहादुर घर्ती र लिलबहादुर संकरकाे पहलमा संकलित रकम दिर्गबहादुरकि अामाकाे हातबाट हस्तान्तरण गरियो ।रुपा पुनकाे पहलमा संकलित रकम रुपा पुनकै हातबाट हस्तान्तरण गरियो ।

कार्यक्रममा ताराखाेला गाउँपालिका वडा न ३ का अध्यक्ष दिलबहादुर बस्नेत,सचिव डाेलराज पाैड्याल, जिल्ला समन्वय समितिकि सदस्य फुलमाया पुन जलजलाकाे हातबाट विद्यार्थी पाेसाक हस्तान्तरण गरिएकाे थियाे ।

उक्त कार्यक्रमबाट हरिमावि ईदिका प्रअ हरि पाैड्यालले यि बालबालिकालाई विद्यालयमा लाग्ने अतिरिक्त कक्षा शुल्क तथा कुनै खर्च नलिन घाेषणा गरेका िथ्ए । हरि पाैड्याल खगेन्द्र विश्वकर्मा, रुपा पुन भुपनारायण बगालेले राहत रकम संकलनकाे लागी स्थानिय स्तरमा समन्वय गरेका थिए । जापानमा संकलिन रकम २ महिना पहिले नेपाल पठाई बालबालिकाकाे खातामा संकलन गरेपनि अाैपचारिक कार्यक्रम गरि हस्तान्तरण भने अहिले गरिएकाे हाे । कार्यक्रम वडा ३ काे वडा कार्यालयमा मनबहादुर थापाकाे अध्यक्षता खगेन्द्र विश्वकर्माकाे संचालनमा सम्पन्न भएकाे थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *