मोटरसाईकल दुर्घटनामा शिक्षक कँडेलको मृत्यु !

बागलुङ २०७५ असोज ३ । बागलुङ नगरपालिका २ रुद्रेपिपलमा मंगलबार राति मोटरसाईकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राति ११ बजेर २३ मिनेटको समयमा धनबहादुर प्रधान (कान्छा दाई) को घर अगाडी ठोक्किएर ग ६ प ६३१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक काठेखोला गाउपालिका लेखानी घर भै हाल रुद्रेपिपल माबिका शिक्षक कृष्ण कँडेल भएको बताईएको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *