राजविराजमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु, एमालेव्दारा तीन दिन अभियान स्थगित !

काठमाडौँ २०७३ फागुन २३ । नेकपा एमालेको मेची काली अभियान तीन दिनलाई स्थगित भएको छ । सोमबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले अभियानविरुद्ध षड्यन्त्र भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

आज राजविराजको औद्योगिक क्षेत्रमा आयोजित आमसभा विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ताहरुले एमाले कार्यकर्ताको मोटर साईकल जलाउनुका साथै सभामा ढुंगामढा गरेपछी प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाउदा मृत्यु हनेको संख्या ४ पुगेको छ । मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्‍जन मेहता र दिगम्बर यादव तथा सप्तरी मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरी स्राेतले जानकारी दिएको छ। घटनामा ९ जना घाईते भएको जनाईएको छ । यसैवीच मोर्चाले अनिश्चितकालीन सप्तरी बन्दको आह्वान गरेको छ ।

यसैबीच मधेसी मोर्चाको आकष्मिक बैठकले बर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिनुका साथै सोमबार र मंगलबार मधेश बन्द गर्ने निर्णय समेत गरेको छ ।

राजविराज अहिले तनाव ग्रस्त बनेको छ । भीडन्त दर्जनौ कार्यकर्ताहरु गम्भीररुपमा घाईते भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.