संविधान दिवसको पूर्व सन्ध्यामा सरसफाई

प्रदीप पन्त, बागलुङ २०७५ असोज २ । संविधान दिवसको पुर्वसन्ध्यामा बागलुङमा सरसफाई गरिएको छ । बागलुङ नगरपालिको आयोजनामा पैदल मार्ग सरसफाई गरिएको हो । सदरमुकाम स्थित राधाकृष्ण मन्दिरदेखि बागलुङ नगरपालिका कार्यालय सम्म पुग्ने बाटो सरसफाई गरिएको छ । असोज ३ गते संविधान दिवस मनाईदै छ । नगरपालिको आयोजनामा नगरका १४ वटा वडामा सरसफाईको आयोजना गरिएको छ ।

तिन दिन सम्म बिभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाईने सन्र्दभमा मंगलबार सरसफाई कार्यक्रम गरिएको नगरपालिका शाखा अधिकृत हिमालयजीवी उपाध्यायले बताए । भोली असोज ३ गते नगरपालिका भित्र प्रत्येक वडामा दिव प्रज्व्लन गर्ने कार्यक्रम रहेको उहाले जानकारी दिए । दिवसको अवसरमा जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *