आदर्श सञ्चार सहकारीव्दारा जेष्ठ शेयर सदस्यलाई पेन्सनको व्यवस्था

सिर्जना पन्त, बागलुङ २०७५ असोज २ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका जेष्ठ सदस्यलाई पेन्सन पट्टा हस्तान्तरण गरेको छ । संस्थाका सदस्य ७५ वर्षीया हरिमाया श्रेष्ठलाई संस्थाका अध्यक्ष अन्जु जिसीले एक समारोहकावीच पेन्सन पट्टा हस्तान्तरण गरकी हुन् ।

संस्थाले आफ्नो १२ आंै साधारणसभाबाट ७० वर्ष पूरा भएका आफ्ना शेयर सदस्यहरुलाई पेन्सन दिन सुरु गरेको संस्थाका अध्यक्ष जिसीले बताईन । श्रेष्ठलाई पेन्सन पट्टा सहित यो वर्षको १ हजार २ सय रुपैया समेत प्रदान गरिएको थियो । कोषमा शेयर प्रत्येक शेयर सदस्यहरुले वार्षिक १ सय रुपैया जम्मा गर्नुपर्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *