संचारकर्मी भूमिले प्रेमिकालाई सोधे, ‘तिम्रो दिलमा कुन छ ?’

केशव बि.क.मुस्ताङ २०७३ पुस २० । संसारमा रहेका सम्पूर्ण वस्तुलाई माया चाहिन्छ । यसमा कसैको पनि दुईमत छैन् । माया विनाको संसार अपुरो र अधुरो हुन्छ । न त माया लगाउछु भनेर लगाइन्छ । न त तोडछु भनेर तोडन सकिन्छ । माया जुनसुकै अवस्थामा जोसंग पनि बस्न सक्छ । यसको न कुनै सीमा हुन्छ । सडक देखि महलसम्म र महलदेखि सडकसम्म जसले पनि माया लगाएकै हुन्छन् ।

मायामा आआफ्नै कथा व्यथाहरु हुन्छन् । माया पिरतीका त्यस्तै कथा ब्यथाहरु छन्, संचारकर्मी भूमि सुवेदी संग पनि । धौलागिरीका बहुप्रतिभाशाली कुशल संचारकर्मी तथा हास्य कलाकार भूमिले आफ्ना व्यथा शब्द मार्फत टपक्क टिपेर दर्शक तथा स्रोता माझ पस्केका छन् ।

माया देखि कोही पनि अछुतो रहन सक्दैन् । त्यसैले होला भूमि पनि कसैको मायामा फस्न पुगे । प्रतिभावान भर्खरको सुन्दर अनि लक्का जवान ठिटो देख्दा कसलाई पो माया पिरती लगाउन मन लाग्दैन होला र ? यसैले होला उनको एक शालिन युवती संग माया प्रेमको जालो फैलन थाल्यो । आफु स्वदेश र प्रेमीका विदेश रहँदा पनि मायामा कत्ति पनि कमि आएन । हाल उनको ह्दयकी रानी जापानमा छिन् ।

जहाँ माया हुन्छ त्यहाँ शंकाका घेराहरु पनि हुन्छन् । सुःख सयलमा हुर्केकी प्रेमिकालाई शंकाको धारले गीतको शब्द मार्फत यस्तो भन्न पुग्छन, भूमि । भन्नि हौकी गाउँघरमा फर्किन्न खोज्नि हौली शहरमा घर किन्न,– मेरो दिलमा तिमी नै छौ तिम्रो दिलमा कुन छ, धन सम्पति हेरिनौ भनेत तिम्रो मेरो मिलन एक दिन पक्कै पनि हुन्छ ।

कुशल शब्द संकलक भूमिले लोक गीत संगितको बजारमा दर्जनौ गीतमा शब्द भरिसकेका छन् । पछिल्लो समय उनले आफ्नै शब्दमा तिम्रो दिलमा कुन छ एल्बम बजारमा ल्याएका छन् । जुन गीत लोकगीत संगीतका पारखीको मन मुटुमा बस्न सफल भएको छ । गीतमा संगितकार केशब सापकोटाको लय, चर्चित गायक खुमन अधिकारी र पुर्णकला बिसी को सुमधुर आवाज रहेको छ । केपी पौडेलको नबिनतम प्रस्तुति रहेको एल्बम ‘तिम्रो दिलमा कुन छ’ को बजार ब्यवस्थापन जनता डिजीटलले गरेको छ । संचारकर्मी सर्जक भूमिलाई सफलताको शुभकामना ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *