ताराखोलामा परिवार नियोजन दिवस मनाईयो !

बागलुङ (ताराखोला) २०७५ असोज २ । ‘किशोर किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बागलुङको ताराखोलामा पाँचौं परिवार नियोजना मनाईएको छ । मंगलबार ताराखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र विभिन्न स्वास्थ्य संस्थाको सहभागितामा विविध कार्यक्रम गरी मनाईएको हो ।

कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख डिल्ली प्रसाद शर्माले सुखी र समृद्धि परिवार निर्माणका लागी परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न जरुर रहेको बताए । उनले हाम्रो समाजमा केही अन्धविश्वासका रहेका कारण कतिपय परिवारमा यस्ता साधनहरु प्रयोग गर्न नखोज्दा पछि पछुताउन बाहेक अरु केही नभएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरे र हिल स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट डिल बहादुर थापाले परिवार नियोजन र प्रयोग गर्ने साधनका बारेमा जानकारी गराएका थिए ।

ताराखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भद्र बहादुर घर्तिको अध्यक्षता गाउँपालिकाका स्वास्थ्य संयोजक शंकर विष्टको स्वागत र अर्गल स्वास्थ्य चौकीका हेअ विराजु जिसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताराखोला गाउँपालिकामा पछिल्लो समयमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा बृद्धि आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *