यस्तो छ, कात्तिक ९ देखि १८ गते सम्म हुने ‘गल्कोट महोत्सव-२०७५’ को नालीबेली !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज २ । गल्कोटमा कृषि, पर्यटक, औद्योगिक ब्यापार मेला तथा गल्कोट महोत्सव २०७५ हुने भएको छ । गल्कोट क्षेत्र आफैमा एक व्यापारिक पर्यटन तथा धार्मिक सस्कृतिको बिबिधताले भरिएको प्रमुख क्षेत्र भएकोले यस क्षेत्रको समग्र हितलाई मध्यनजर राखेर गल्कोट महोत्सवको आयोजना गरिएको आयोजक संस्था बागलुङ उद्योग बाणिज्य संघ गल्कोटका बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताए । महोत्सवले सम्पुर्ण गल्कोट सँगै ताराखोला, बडीगाड, निसीखोला, तमानखोला गाउपालिका ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका सँगै अन्य गुल्मी, पर्वत, म्यादी, मुस्ताङ, पोखरा लगायत अन्य ठाउका स्थानियबासीहरुलाई गल्कोट क्षेत्रका पर्यटकीय क्षेत्र, सस्कृति, खेलकदु सँगै उत्पादित बस्तुहरु अवलोकन गर्न र सर्बसुलभ तरिकाले स्थानिय तथा अन्य सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उदेश्यले महोत्सव आयोजना गरिएको उनको भनाई छ ।

लामो समय देखि गल्कोटमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको उद्योग बाणिज्य संघले यस बर्ष गल्कोटमा सस्कृतिलाई बिशेष जोड दिने बताएको छ । मेलाको अवसरमा ताराखोलामा हुने सिस्नो खोस्ने पर्व र भुष पोल्ने मेलालाई गलकोट महोत्सवमा प्रदर्शन गरिने गौतमको भनाई छ ।

गौतमका अनुसार गलकोट पाण्डवखानीको घाँटु नाँच, काडेबासको नचरि सँगै मगर, गुरुङ लगायत अन्य जातजातिका सस्कृतिहरुलाई मेलामा प्रमुख प्राथमिकताका साथ प्रदर्शन गरिने छ ।

आगामि कात्तिक ९ गते देखि १८ गते सम्म गलकोटको हटिया सिमखेतमा महोत्सव आयोजना गरिएको छ । गलकोट आफैमा एक व्यापारिक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले गलकोटको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र गलकोट क्षेत्रलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको संस्थाका सदस्य बिरजङ भण्डारील जानकारीे दिए ।

उक्त मेलामा २ सय भन्दा बढी स्टलहरु रहने, स्थानिय उत्पादनका सामाग्री, बागलुङ जिल्लामा भएका पर्यटकीय क्षेत्रका तस्बिर, स्थानिय परिकार, र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने आयोजक संस्थाले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार यस बर्ष स्थानियले स्थानिय स्तरमा उत्पादनका सामाग्री र परिकार राख्न चाहे निशुल्क रुपमा स्टलको ब्यवस्थापन गरिने बताएको छ । स्थानिय सामाग्री र परिकार भनि बाह्य बस्तुहरु बिक्रि बितरण गर्न भने नपाईने र त्यस्तो गरि कार्वाहि गर्ने बरिष्ठ उपाध्यक्ष गौतमको भनाई छ । गल्कोट महोत्सव २०७५ मा करिब ३ लाख दर्शकहरुले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा २ दर्जन भन्दा बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने बताईएको छ ।

महोत्सवका अवसरमा यस बर्ष आयोजकले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागी बालमेला शैक्षिक सामाग्री, कला प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरेको छ । यस अघिका महोत्सवमा युवा पुस्तालाई बिशेष प्राथमिकता दिएर प्रतियोगिता आयोजना गरिए पनि यसबर्ष भने बालबालिकाका लागी समेत मनोरञ्जन र प्रतिभा प्रस्फुटनका कार्यक्रम राखिएको छ ।

मेलाको अवसरमा रत्यौलिगित प्रतियोगिता, खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, गल्कोट डान्स च्याम्पियल प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, बढि टिकट खरिद कर्तालाई पुरस्कार लगायतका कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै मेलामा हुने आकस्मिक घटनाका लागी उपचार सेवा समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *