प्रवास: पाचौ अधिवेशनबाट धनकुटा प्रवासी सेवा समाजमा ललित लिम्बु अध्यक्ष निर्वाचित !

तेजेन्द्र गैरे, दोहा कतार २०७३ फागुन २३ । धनकुटा प्रवासी सेवा समाज दोहा कतारको पाचौ अधिवेशन समाजका कार्यवाहक अध्यक्ष ललित लिम्बुको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेष तामाङको प्रमुख आथित्यमा दोहाको टप फर्म रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

व्यानर अनावरण तथा दीप प्रज्ज्वलन गरि सुरु गरिएको कार्यक्रमको सन्चालन समाजका सद्स्य रबिन राना मगर तथा स्वागत मन्तव्य समाजका सल्लाहकार प्रमुख तुलसी सुबेदीले गरेका थिए ।

कतारमा कार्यरत धनकुटाबासीहरुको पहलमा २००४ सालमा “धनकुटा प्रवासी सेवा समाजको चाहना,शुद्द्ध सामाजिक भावाना” भन्ने मुला नाराको साथ स्थापित भएको धनकुटा प्रवासी सेवा समाज कतारमा रहेका संघ संस्थाहरुको सुचिमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रुपमा रहेको छ ।
समाजका सदस्य रबिन थापा मगरले प्रगति विवरण सुनाउदै समाजले कतारका विभिन्न सामाजिक संघ संस्थाहरुसंग सहकार्य गरि कतार तथा नेपालमा भएका प्राकृतिक विपत्ति, शिक्षा ,स्वास्थ र यातायात जस्ता सामाजिक कामहरुमा सहयोग पुर्याउदै आएको प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश प्रसाद बन्जाडे , समाजसेवी तथा वुद्धिजिवी चानक पोखरेल , कास्की आदर्श सेवा समाज , मोरङ सुनसरी सेवा समाज , पाल्पा , संखुवासभा , वखलढुङा , उदयपुर , प्युठान , भोजपुर ,गोरखा , तमु गुरुङ समाज , किराँत याक्थुङ सहित पन्ध्र भन्दा माथी संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

उपस्थित सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै मोरङ सुनसरी सेवा समाज , कास्की सेवा समाज र संखुवासभा सेवा समाजका अध्यक्ष क्रमस युगेन्द्र कार्की , मन बहादुर राना मगर र लोक बहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने जातीय संस्थाबाट किरात याक्थुङ कतार र जनजाती महासंघ कतारका प्रतिनिधिले शुभकामान मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्दै पत्रकार महासघ शाखा कतारका अध्यक्ष गणेश बन्जाडेले र समाजसेवी चानक पोखरेलले धनकुटा पुर्वाअन्चलकै केन्द्र ,प्राकृतिक सम्पदा र कला सस्कृती धनी रहेको औलाउदै समाजले कतारमा पनी स्थापित संघ संस्थाहरु सँग समन्वय गर्दै कला संस्कृती ,खेलकुद क्षेत्र लगायत अन्य सामाजिक काम हरुको प्रशंसा गरेका थिए ।

समाजले, समाजलाई विभिन्न विधामा सहयोग पुर्याउने खेलाडी, कलकारहरुलाई खादा र प्रमाण पत्रबाट सम्मान गरेको थियो । त्यस्तै समाजलाई वर्तमान सम्म ल्याईपुर्याउन सहयोग गर्ने र धनकुटा समाजका संस्थापकहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती बीनेश तामाङले जिल्लावासीहरु एकतबद्द हुनु आफैमा राम्रो कुरा हो जसबाट प्रवासमा हामी माथी हुनेगरेका र आईपर्ने समस्या र अप्ठ्याराहरु लाई छिट्टै सम्बन्धित निकाय सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको स्मरण गर्दै कतारको परिवेशमा धेरै जातिय र जिल्ला गत सामाजिक संघ सस्थाहरु स्थापित रहेको बताएका थिए ।ि तामाङले गैर आवसीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले कतारमा स्थापित सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिएको जनाउदै जिल्ला संस्थाहरुले आफ्ना आन्तरिक कार्यक्रम बाहेक अब आउँदा दिनहरुमा हाम्रा राष्ट्रीय पर्व र दिनहरु सबैले एकै ठाउमा मनाउनु पर्ने कुरामा जोड ँिददै जिल्ला संस्थाहरुलाई सहयोग गर्नको लागि अनुरोध पनि गरेका थिए ।

पाचौ अधिवेशनले ललित लिम्बुको अध्यक्षातामा १७ सदस्सीय नया कार्यसमिति निर्विरोध चयन गरेको छ ।प्रथम उपाध्यक्षमा पदम कुमार घिमिरे ,व्तििय उपाध्यक्ष डिल्ली कुमार सुवेदी ,तृतीय उपाध्यक्षमा सन्तोष सिवा, महसचिव रबिन थापा मगर, सचिव मोतीराम पाँचकोटी ,संगठन सचिव मन्दिप राई कोषध्यक्ष प्रेम जिमि ,सह कोषअध्यक्ष केशव राना मगर सदस्यहरु सारुक सुन्दास ,रामजी आचार्य, देब सुन्दास, तिल बिक्रम मगर र सरोज थापा रहेका छन् ।

उक्त कार्यक्रमका सभापति तथा नव निर्वाचित अध्यक्ष लिम्बुले निर्वाचित कार्य समितिलाई शुभकामना दिदै कतारमा रहेका धनकुटा बासीहरुले आफुमाथि ठुलो जिम्मेवारी दिएकोमा धन्वाद दिदै तपाइहरुले म माथि गरेको विश्वास र भरोसालाई आत्मासात गर्दै तपाईहरुकै सल्लाह सुझाव अनुसार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *