आजको तस्वीर : तुरतुरे पहिरोको स्थलगत निरीक्षण !

शव्द/चित्र दिनेश शर्मा

बागलुङ (भिङगिठे) २०७५ असोज २ । गत भदौ २९ गते शुक्रवार राति भिङगिठे र बुर्तिवाङको सीमानामा तुरतुरे देउरालीबाट पहिरो संगै विशाल चट्टान खसेर तहस नहस पारेको मध्यपहाडी लोकमार्ग र यसबाट प्रभावित पश्चिमी जनजीवन कष्टकर बन्दै गएको छ । लोकमार्ग सुचारु हुन अझै समय लाग्ने निश्चित छ तर पहिरो पारगर्ने पैदल मार्गको बिकल्प नहुँदा आम नागरिक निकै मर्कामा रहेका छन् । विरामीहरु उपचार गर्न पाईरहेका छैनन्, बन्द व्यापार चौपट छ, आवश्यक सरसामानको अभाव देखिएको छ, बजारभाउ नियन्त्रण भन्दा बाहिर जाने संभावनालाई नकार्न सकिन्न । पहिरो खसेको नि पाँच दिन बितिसक्यो, तालको पानीले निकास पाएको छैन ।

अहिले बिहान प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको नेतृत्वमा नेपाली सेनाको ईन्जिनियरिङ टोली आएर पहिरोको स्थलगत अध्ययन निरीक्षण गरिरहेको छ । कसरी पहिरो पन्छाउने, कसरी तालको पानीलाई सुरक्षित तवरले निकास दिने बारेमा अध्ययन गरिरहेको छ । साथमा लोकमार्गका डिभिजन ईन्जिनियर समेत पहिरोले ध्वस्त पारेको लोकमार्गको अवलोकन गरिरहेका छन् । यसका साथै स्थानीय जनप्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधहरु, समाजसेवी, वुद्धिजीवी, पत्रकारहरुले यसबारे गम्भीर चिन्तन गरिरहेको अवस्था रहेको छ । यो टोलीले पहिरो निरीक्षण पश्चात कुनै ठोस निष्कर्श निकाल्ने आशामा यस क्षेत्रका जनता रहेका छन् ।

बैकल्पिक पैदल मार्ग खोज्दै टोली

यहि हो तुरतुरे देउरालीबाट खसेको पहिरो र बडीगाड खोला किनार ।

मालारानी जङ्गलको चौतारीमा बिसाई फेर्दै ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *